To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

इन्डियन आइडलको उपाधि प्रसान्तले जिते, बिश्वभरका नेपाली खुसी मनाउन ब्यस्त

भारतको सांगीतिक क्षेत्रको चर्चित उपाधी इन्डियन आइडल नेपाली मुलका प्रसान्त तामाङले हात पारेका छन् । आज केहीवेर अगाडी भएको निर्णायक चरणको प्रतियोगितामा प्रसान्तले आफ्ना प्रतिद्वन्दी अमित पललाइ पराजित गर्दै सो उपाधी हात पारेका हुन् । भारतीय अभिनेता जोन अव्राहमले उनलाई विजेता घोषित गरेका हुन् ।

वहुसंख्यक नेपालीभाषी हरेको दार्जलिङका वासिन्दा प्रसान्त तेस्रो इन्डियन आइडल घोषणा भएका हुन् ।

उनलाई सो उपाधी दिलाउन एसएमएस मार्फत महिनौदेखि अथक प्रचार गरिरहेका नेपालीभाषी भारतीयहरु र विश्वभर रहेका नेपालीहरुको मेहनत अन्तत सफल भएको छ । इन्डियन आइडलको फाइनलमा कुल सात करोड भोट परेको वताएको छ ।

उनी आइडल भएको घोषणा भएपछि अहिले उनको गृहनगर दार्जलिङमा पटाका पडकाएर खुसियाली मनाइदै छ । यो खुसीयाली संगै वाँडन त्यहाँका नेपालीभाषीहरु र नेपालवाट गएका नेपालीहरु समेत साँझदेखि दिपावली र पटाका पडकाउने अभियानमा लागेका थिए ।

यता राजधानी काठमाण्डौमा पनि प्रसान्त आइडल भएको खुसीयालीमा दिपावली गर्न थालिएको छ । प्रसान्तले विजयी भएपछि आफुलाई यो स्थानमा पुर्याउने शुभचिन्तक र सुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् । उनी आगामी सेप्टेम्वर २९ र ३० तारिख एक कार्यक्रमका साथ नेपाल आउँदैछन् ।

प्रसान्त जो नेपाली मुलका हुन् र निकै सामान्य पृष्ठभूमीवाट सो स्थानमा पुगेका छन् । भारतीय प्रहरीमा काम गर्ने प्रसान्तले संगीतको औपचारिक शिक्षा समेत नलिइ भारतको सान भनेर चिनिने उपाधि हात लगाएका छन् ।

उनको जीतको खबर टेलिभिजनवाट प्रसारण भएपछि आफ्नो निद्रालाइ थाति राखेर काठमा०डौका युवाहरु सडकमा निस्केका छन् खुसीयाली मनाउन । अहिले काठमाण्डौको नयाँ सडक, बानेश्वर, बौद्ध, चावहिल लगायतका मुख्य चोकसडकमा युवाहरु निस्केर प्रसान्तको पक्षमा नाराजुलुस गरिरेहेका छन् । उनीहरुले यो जीत नेपाल र नेपाली भाषीको भएको वताएका छन् । साथै प्रसान्तको जीतको खवर थाहापाएपछि घरको छतछतमा गएर खुसी मनाउने र उनको पक्षमा नारावाजी गर्नेक्रम जारी रहेको छ ।

यो समाचार अपडेट गर्दा रातको करिव सवा एक वजेको भएपनि काठमाण्डौ पुरै ब्युँझिएको छ र शहर प्रसान्तमय भएको छ । उता उनको गृहनगर दार्जिलिङमा पनि रातभर पटाका पडकाएर खुसीयाली मनाइएको त्यहाँवाट प्राप्त खवरमा उल्लेख छ ।

नेपालका अन्य भागमा पनि रातभर खुसीयाली

प्रसान्तले जितेको खवर थाहापाएपछि नेपाल मुख्य शहरहरुमा पनि खुसीयाली छाएको छ । हाम्रा चितवन सहकर्मीका अनुसार त्यहाँ केहीवेर अगाडीदेखि मानिसहरु सडकमा निस्केर खुसीयाली मनाएका छन् । यस्तै बुटवल सहकर्मीका अनुसार त्यहाँपनि युवाहरु नाराजुलुस सहित खुसीयाली मनाउन ब्यस्त छन् । यस्तै केहीदिनदेखि तनावमा रहेको कपिलवस्तुका वासिन्दापनि आफ्नो पिडालाइ विर्सेरै भएपनि प्रसान्तको सफलतामा खुसी मनाएका छन् । यस्तै पश्चीम नेपालको धनगढीमा पनि खुसीयाली मनाउने क्रम शुरु भएको छ । सांगीतिक नगरी पोखरामा पनि प्रसान्तको खुसीलाई आत्मसात गरिएको छ रातभरनै ।

भारतको सांगीतिक क्षेत्रको चर्चित उपाधी इन्डियन आइडल नेपाली मुलका प्रसान्त तामाङले हात पारेका छन् । आज केहीवेर अगाडी भएको निर्णायक चरणको प्रतियोगितामा प्रसान्तले आफ्ना प्रतिद्वन्दी अमित पललाइ पराजित गर्दै सो उपाधी हात पारेका हुन् । भारतीय अभिनेता जोन अव्राहमले उनलाई विजेता घोषित गरेका हुन् ।

वहुसंख्यक नेपालीभाषी हरेको दार्जलिङका वासिन्दा प्रसान्त तेस्रो इन्डियन आइडल घोषणा भएका हुन् ।

उनलाई सो उपाधी दिलाउन एसएमएस मार्फत महिनौदेखि अथक प्रचार गरिरहेका नेपालीभाषी भारतीयहरु र विश्वभर रहेका नेपालीहरुको मेहनत अन्तत सफल भएको छ । इन्डियन आइडलको फाइनलमा कुल सात करोड भोट परेको वताएको छ ।

उनी आइडल भएको घोषणा भएपछि अहिले उनको गृहनगर दार्जलिङमा पटाका पडकाएर खुसियाली मनाइदै छ । यो खुसीयाली संगै वाँडन त्यहाँका नेपालीभाषीहरु र नेपालवाट गएका नेपालीहरु समेत साँझदेखि दिपावली र पटाका पडकाउने अभियानमा लागेका थिए ।

यता राजधानी काठमाण्डौमा पनि प्रसान्त आइडल भएको खुसीयालीमा दिपावली गर्न थालिएको छ । प्रसान्तले विजयी भएपछि आफुलाई यो स्थानमा पुर्याउने शुभचिन्तक र सुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् । उनी आगामी सेप्टेम्वर २९ र ३० तारिख एक कार्यक्रमका साथ नेपाल आउँदैछन् ।

प्रसान्त जो नेपाली मुलका हुन् र निकै सामान्य पृष्ठभूमीवाट सो स्थानमा पुगेका छन् । भारतीय प्रहरीमा काम गर्ने प्रसान्तले संगीतको औपचारिक शिक्षा समेत नलिइ भारतको सान भनेर चिनिने उपाधि हात लगाएका छन् ।

उनको जीतको खबर टेलिभिजनवाट प्रसारण भएपछि आफ्नो निद्रालाइ थाति राखेर काठमा०डौका युवाहरु सडकमा निस्केका छन् खुसीयाली मनाउन । अहिले काठमाण्डौको नयाँ सडक, बानेश्वर, बौद्ध, चावहिल लगायतका मुख्य चोकसडकमा युवाहरु निस्केर प्रसान्तको पक्षमा नाराजुलुस गरिरेहेका छन् । उनीहरुले यो जीत नेपाल र नेपाली भाषीको भएको वताएका छन् । साथै प्रसान्तको जीतको खवर थाहापाएपछि घरको छतछतमा गएर खुसी मनाउने र उनको पक्षमा नारावाजी गर्नेक्रम जारी रहेको छ ।

यो समाचार अपडेट गर्दा रातको करिव सवा एक वजेको भएपनि काठमाण्डौ पुरै ब्युँझिएको छ र शहर प्रसान्तमय भएको छ । उता उनको गृहनगर दार्जिलिङमा पनि रातभर पटाका पडकाएर खुसीयाली मनाइएको त्यहाँवाट प्राप्त खवरमा उल्लेख छ ।

साभार :: अनलाइनखवर डट

September 26, 2007 + Posted in आवाज +

2 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/09/26/p232/trackback/

  1. Putting aside the fact that it was an indian singing competition, it is true that Prashant Tamang is an indian citizen, but still they have not forgotten their roots, where they came from, that they came from a nepali background.

    And, they were not shy of showing it that they are a nepali originality, this is important for all we nepalese.

    Comment by admin — September 27, 2007 @ 12:03 pm

  2. He is hero of the nation not in india only in nepal too .. he shows the power of nepali

    Comment by Ramesh — September 27, 2007 @ 8:42 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Anti-spam measure: please retype the above text into the box provided.