अब के होला.........
देश बिकास गर्ने त नाम नै लिन्नन यी नेताहरु । देशमा लोड सेडिङ भै राखेको छ , पेट्रोल, डिजेल , खाना पकाउने ग्यास, मट्टितेल पाइन्न । अझै सरकार मौन छ, आज नेपालमा अभाबै अभाब छ । प्लेनको टिकेट काट्यो कहिले उढ्ने हो थाहा हुन्न । बत्ती बाल्न खोज्यो लोडसेडिङ, मोबाईलबाट फोन गर्न खोज्यो , नेट्वोर्क ब्यस्त ,बल्ल उडे पनि ठीक ठाउमा पुर्यौने हो कि होइन थाहा हुन्न ।गाडी चढ्नको लागि पेट्रोल डिजेल छैन, खान पकाउन ग्यास पाइन्न । बत्ती बाल्न खोज्यो लोडसेडिङ, मोबाईलबाट फोन गर्न खोज्यो , नेट्वोर्क ब्यस्त , मोबाईलमा फोन गर्न लाग्यो कहिले लाग्छ थाहा नै हुन्न , अनी फेरी आन्दोलन माओवादीहरुको , देशमा कयौ मरेका मर्यै छन , जातिय तथा धार्मिक दङ्गा फैलन लागेको छ , तैपनी सरकार मौन छ ।
उनिहरुलाई संबिधान सभाको बारेमा किचलो गर्दैमा फुर्सद नै हुन्न अनी कसरी देख्नु देशका अरु समस्या र बोल्नु यी समस्याका बारेमा , आँफै चुनाव गर्नको लागि आन्दोलन गर्ने अनी फेरी चुनाव नजिक आएपछी आँफै चुनाव बिथोल्ने भनेर सरकारबाट बाहीरिने।
देश बिकास गर्ने त नाम नै लिन्नन यी नेताहरु । देशमा लोड सेडिङ भै राखेको छ , पेट्रोल, डिजेल , खाना पकाउने ग्यास, मट्टितेल पाइन्न । अझै सरकार मौन छ उनिहरुलाई छ पद मोह , तेही कुर्सिकै लागि अझै झगडा, निहुँ संबिधान सभा …
कपिलवस्तुमा ठुलो घटना घटिसकेको छ, गाउँ जलेर खरानी भएका छन मान्छेको लाश चिन्न सक्ने अवस्थामा छैन, कोही काटिएका छन भने कोही जिउदै जलेका छन । यत्रो घटना हुन्जेल न त सरकार ले वास्ता गरेको छ नत कुनै संचार माध्यमले नै त्यहाँको ताजा खबर दिन सक्छ । देश भरी एतिकै धेरै संचार माध्यम छन तर सबै काठमाडौं केन्द्रित " संबिधान सभा र माओवादी " बनेको छ प्रमुख समाचार ।

अहिले सम्म ३१ जनाको ज्यान गएको भनिए पनि मर्नेको संख्या धेरै रहेको बताउछन केही समय अगाडि त्यहाँ पुगेर फर्केका १ सञ्चारकर्मि । त्यहाँको अवस्था हेर्दा मर्नेको संख्या धेरै छ भने बिस्थापित पनि धेरै भएका छन ।
अब के होला त नेपालमा….?? कहिले आउला त शान्ति नेपालमा ????
थप समाचार कान्तिपुरबाट
‘समाचारमा मात्र त्यस्तो हिंसा सुनेका थियौं,’ आफ्नै अगाडि घर, सम्पत्ति र आफन्त जलाएको चरम हिंसाको रूप देखेका कपिलवस्तु कृष्णनगरका अजिपनारायण शर्माले भने- ‘अहिलेसम्म पनि मुटु कामिरहेको छ ।’
कृष्णनगरबाट भाग्दै करिब बीस किलोमिटर हिँडेर चन्द्रौटाको ब्यारेकमा शरण लिएर ज्यान जोगाउन सफल उनी आफूजस्तै पीडितसँग सोमबार बल्ल्ातल्ल बुटवल आइपुगेका थिए । बोल्दा काप्ने र आँसु चुहाउने उनी निकै त्रसित देखिन्छन् । अजिपनारायण कृष्णनगरका व्यापारी हुन् ।
वीरपुरका मोहित खाँको हत्याको खबर कानमा ठोक्किन नपाउँदै उनको पसलमा २०-२५ जनाको समूह घरेलु हतियारसहित आए । एकाएक लुटपाट र आगजनी गरे ।
‘जेनतेन श्रीमती र छोराछोरीलाई लिएर भागें,’ घटनाको पाँच दिनसम्म दुःख पोख्ने मान्छे नभेटेका उनले बिहीबार बुटवलमा आएर बल्ल वेदना पोखे- ‘तर ती छोराछोरी र श्रीमती अहिले कता छन् थाहा
ैन । बाँचेर पनि मरेजस्तै भएको छु ।’
उनको जस्तै कृष्णनगरबाट भागेर चन्द्रौटा हुँदै बुटवल आएका २३ जना सबै त्रसित छन् । उनीहरू परिवारका बेखबरले आत्तिरहेका छन् । साथीका बीचमा बसेर पनि डराइरहेका छन् ।
‘यहीँ पनि केही हुन्छ कि जस्तो लाग्छ,’ विस्थापित रमेश शर्माले भने- ‘उता घरमा बूढी आमा, श्रीमती र नाबालक छोरो थियो कहाँ छन्, थाहा छैन ।’ भन्दाभन्दै उनका गला अवरुद्ध भयो । सुक्कसुक्क गर्दै भनेे- मधेसी समुदायका साथीको घरमा बसेका छन् भन्ने सुन्छु । तर विश्वास छैन ।
वीरपुरमा घटना भएको आधा घन्टामा व्यापारिक केन्द्र कृष्णनगरमा तोडफोड र आगजनी भएको हो । मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली हानी खाँको हत्या गरेका थिए । ढाका टोपी लगाएर आएका व्यक्तिले गोली हानेको भन्दै पहाडियाहरू मुख्य निसाना बन्न पुगेको उनको भनाइ छ ।
विस्थापितहरू भन्छन्- करिब ९ बजेबाट कृष्णनगरलगायतका क्षेत्रमा आगो बल्न थालेको हो । घटना अरूले सोचेजस्तो र सुनेजस्तो होइन, नियोजित हो ।
बैंकको ऋण निकालेर कृष्णनगरमा व्यापार सुरु गरेका गौतमका लगाएको एकसरो कपडाबाहेक सबै खरानी भएको छ । भारतबाट तीनवटा जिप ल्याएर सामान लोड गरेर लगे, एउटा सुन पसलको सोकेस तीन जनाले बोकेका थिए । लुटेराको गिरोहले घटना गराएको उनको अनुमान छ ।
कृष्णनगरमा मात्र १२ वटा घर पूर्ण रूपमा ध्वस्त भएका, ९५ पसल तोडफोड र लुटपाट भएको छ । सयौं परिवार विस्थापित छन् ।
September 21, 2007 + Posted in आवाज +
Nepalkaa Netaharu yestai hun. pahila bolne garthe ahile ta tyo pani chade. maun brath hola ni
aba desh iraq hunchha
Comment by Ramesh — September 22, 2007 @ 7:54 am
dhoka dinelai k bhanu ra khai timi hasa ma basula roi,he he he,.........
Comment by santosh — September 22, 2007 @ 2:01 pm
Nepal ma jasle je pani garna sakchha….
Aafno je interest chha…tyo pura garne mauka yehi nai ho…
Any way, nice subject..
Comment by Aakar — September 26, 2007 @ 1:54 am