क्रिकेटमा नेपाली जित
खेलकुदमा नेपाली पनि कम छैनन भन्ने कुराको पुष्टि गरेका छन नेपाली क्रिकेट खेलाडिले |
मलेसियामा भएको एसीसी अन्डर १९ एलाइट कप क्रिकेटको उपाधि नेपालले हात पारेको छ । नेपालले अहिलेसम्म लगातार चार पटकसम्म एसीसी अन्डर १९ एलाइट कप क्रिकेटको उपाधि हात पारेको छ ।
मलेसियाको राजधानी क्वालाम्पुरको किन्नारा ओभल मैदानमा भएको फाइनल खेलमा नेपालले अफगानिस्तानलाई ४८ रनले हराउँदै जित हात पार्न सफल भएको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले अफगानिस्तानसामु १ सय ७३ रनको चुनौती पेश गरेको थियो । निर्धारित ५० ओभर खेल सकिन २ बल बांकी रहंदा नेपाली इनिङस १ सय ७२ रनमा समेटिएको हो । जवाफमा ब्याटिङ गर्दै अफगानिस्तानले ४५ दशमलब ५ ओभरमा १ सय २४ रनमा अलआउट भएपछि नेपालले जित हात पारेको हो ।
August 30, 2007 + Posted in आवाज +
नेपाली भनेको नेपाली नै हुन नि
देखाए क्रिकेट खेलाडिले
Comment by Rajan — August 30, 2007 @ 7:25 pm
अरु सबै गेम
मा नेपाल पछाडि भये पनि क्रीकेट मा भने निकै अगाडि छ।यो साह्रै राम्रो कुर हो।तर पनि कहिलेकही जित को नजिक पुगेर पनि हार्ने
गरेको छ।।
Comment by Aakar — August 31, 2007 @ 11:21 am