नयाँ नोट छिट्टै आउने :: राजाको सट्टा सगरमाथा र लालिगुरांस
नेपालको ईतिहासमा पहिलो पटक नोटबाट राजाको तस्बिर हटाउन लागिएको छ । भदौको अन्त्य सम्ममा बजारमा आइपुग्ने यी नोट हरुमा राजाको तस्बिरको सट्टामा सगरमाथा राखिएको छ । त्यस्तै नोटको दायां भागमा रहने राजाकै तस्वीरको पानी छापको सट्टा लालिगुरांसको फूलको प्रयोग गरिएको छ । सबै भन्दा पहिला रु ५०० का नोटहरु प्रचलनमा ल्याइने भएको छ । नयाँ नोट हेर्न भित्र आउनु होला …
नयां नोटको डिजाइन तयार गर्नु भएका कलाकार सुन्दर श्रेष्ठ भन्नु हुन्छ सरकारले नोटमा राजाको तस्बिर हटाउने निर्णय गरेपछी नोटमा के को तस्बिर राख्ने भन्ने बिषयमा बुद्धको तस्बिर राख्ने गाइको तस्बिर राख्ने भन्ने कुराहरु आएका थिए तर अन्त्यमा सगरमाथा र ललिगुराँस राख्ने निर्णय भयो ।
राष्ट्र बैंकले अब देखि छापिने पांच रूपैंयादेखि माथिको दरका सबै नोटहरूमा सगरमाथाको तस्वीर र लालिगुरांस फूलको पानी छाप नै प्रयोग गर्नेछ । अब छापिने १,२ का सिक्कामा पनि राजाको नाम हट्ने छ र २ रुपैयाको सिक्कमा राजाको नाम रहेको भागमा सगरमाथा र अर्को भागमा हलो जोतिरहेको किसानको चित्र हुनेछ । त्यस्तै १ रुपैँयामा भने सगरमाथा र नेपालको नक्सा रहने छ |
August 20, 2007 + Posted in आवाज +
Good News Yesari nai aba nepal bata rajako nam nishan metinu pardachha.
Ani matra janatale sukha paune chhan
Comment by Ramesh — August 20, 2007 @ 9:02 pm
i love that tyo Gyanendra ko photo kina na rekhne ha. this is great news for me.
Comment by hari gautam — August 21, 2007 @ 5:32 pm