मेहेनती बेनीका ठिटिहरु
घर घर पुगी आफ्ना ग्राहकहरुको पैसा संकलन गर्ने र आफुले काम गर्ने बचत तथा ऋणा सहकारी संस्थामा लगि बचत खातामा जम्मा गरिदिने कार्य रन्जिता र सुमित्राको दिन चर्या मध्येको एउटा पाटो बनेको छ। उनीहरु जस्तै २० जनाको समुहले सहकारी संस्थाहरुमा काम गरिरहेका छन। उनीहरु तलबका साथै बोनसका कारण ६ हजार सम्म कमाउँछन ।
रेमिटेन्स र साधरण बचत कर्ताहरुका कारण मात्र पनि बेनीका आधा दर्जन यस्ता संस्थाहरुमा करोडौको आर्थिक कारोबार भइरहेको छ। निर्जला, गायत्री र कुमारीले आफ्नो अध्ययनलाइ निरन्तरता दिदै बोड्रिङ स्कुलहरुमा पढाउन भ्याइ रहेका छन। आधा दर्जन भन्दा बढि आवासिय बोड्रिङ स्कुलहरुमा समेत ठुलो संख्यामा युवतीहरुको उपस्थिती देख्न सकिन्छ। युवतीहरुको माग र आवश्यकताको बारेमा बेनी सामुदायिक मा वि का प्र. अ. तिर्थ श्रेष्ठ सँग कुरा गर्दा ? एक त आजका युवतीहरु पढेलेखेका र एक्टिभ हुनु त्यसमा पनि उनीहरुको इमान्दारिता, नम्रता र काम गर्न सक्ने खुविका कारण उनिहरु छनौटमा परेको धारणा राख्नु हुन्छ। आफ्नो खुट्टामा उभिए पछि मात्र विवाह गर्नु पर्छ भन्ने मान्यता राख्ने सिता दिदिको विवाह भइसकेको छ। उहाँ पेफिकोलमा एक दक्ष कर्मचारीको रुपमा गनिनु हुन्थ्यो।
घरको काममा परिवारलाइ सघाउने अध्ययनलाइ निरन्तरता दिने साथमा आफ्नै कमाइमा गौरव गर्ने युवतीहरुको जिबन स्तर पनि बडलिएको छ भने आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्ने उनीहरुको सोंचका कारण उनीहरुको वर्किङ एक्सपिरियन्स को पनि विकाश हुनु र समाजमा घुलमिल हुनुले विभिन्न सामाजिक संघ संस्थाहरुको माध्यमबाट समाजको हित हुने कार्यमा समेत उनीहरुको भुमिका अपरिहार्य भैसकेको छ। युवतिहरुका उपस्थितीले संघ संस्था र कार्यालयको कार्यमा लचक्ता त आउँछ नै उनिहरु कै कारण संघ संस्था र कार्यालय सबैको एट?याक्सन को केन्द्र हुने कुरा गलेश्वधाम बचत तथा ऋण सहकारी संस्थामा कार्यरत लेखापाल अनन्त गिरीको धारणा रहेको छ।
बिर्तिश आर्मीमा जाने युवतीहरु र खाडिमुलुकमा रोजगारीका लागि गएका युवतीहरुका साथै युरोप तथा अमेरिका र जापान मा आफ्नो पढाइको लागि जाने युवतीहरुको कथा आफ्नै ठाउँमा छ। यसका अलावा पनि ब्युटि पार्लर, सिलाइ कटाइ, एन जि ओ आइ एन जि ओमा आवद्ध युवतिहरु गाउँ गाउँमा फिल्डमा जाने र विभिन्न किसिमका आय मुलक तालिमहरु प्रदान गर्ने कार्यमा सक्रिय देखिएका छन। बेनीका युवतिहरु जिम्मेवार र बदलिं+दो समय सँगै अघि बढने होडमा लागिपरेकाले पनि यसलाइ राम्रो संकेटको संज्ञा दिन सकिन्छ। घर घर पुगी आफ्ना ग्राहकहरुको पैसा संकलन गर्ने र आफुले काम गर्ने बचत तथा ऋणा सहकारी संस्थामा लगि बचत खातामा जम्मा गरिदिने कार्य रन्जिता र सुमित्राको दिन चर्या मध्येको एउटा पाटो बनेको छ। उनीहरु जस्तै २० जनाको समुहले सहकारी संस्थाहरुमा काम गरिरहेका छन। उनीहरु तलबका साथै बोनसका कारण ६ हजार सम्म कमाउँछन।
रेमिटेन्स र साधरण बचत कर्ताहरुका कारण मात्र पनि बेनीका आधा दर्जन यस्ता संस्थाहरुमा करोडौको आर्थिक कारोबार भइरहेको छ। निर्जला, गायत्री र कुमारीले आफ्नो अध्ययनलाइ निरन्तरता दिदै बोड्रिङ स्कुलहरुमा पढाउन भ्याइ रहेका छन। आधा दर्जन भन्दा बढि आवासिय बोड्रिङ स्कुलहरुमा समेत ठुलो संख्यामा युवतीहरुको उपस्थिती देख्न सकिन्छ। युवतीहरुको माग र आवश्यकताको बारेमा बेनी सामुदायिक मा वि का प्र. अ. तिर्थ श्रेष्ठ सँग कुरा गर्दा ? एक त आजका युवतीहरु पढेलेखेका र एक्टिभ हुनु त्यसमा पनि उनीहरुको इमान्दारिता, नम्रता र काम गर्न सक्ने खुविका कारण उनिहरु छनौटमा परेको धारणा राख्नु हुन्छ। आफ्नो खुट्टामा उभिए पछि मात्र विवाह गर्नु पर्छ भन्ने मान्यता राख्ने सिता दिदिको विवाह भइसकेको छ। उहाँ पेफिकोलमा एक दक्ष कर्मचारीको रुपमा गनिनु हुन्थ्यो।
घरको काममा परिवारलाइ सघाउने अध्ययनलाइ निरन्तरता दिने साथमा आफ्नै कमाइमा गौरव गर्ने युवतीहरुको जिबन स्तर पनि बडलिएको छ भने आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्ने उनीहरुको सोंचका कारण उनीहरुको वर्किङ एक्सपिरियन्स को पनि विकाश हुनु र समाजमा घुलमिल हुनुले विभिन्न सामाजिक संघ संस्थाहरुको माध्यमबाट समाजको हित हुने कार्यमा समेत उनीहरुको भुमिका अपरिहार्य भैसकेको छ। युवतिहरुका उपस्थितीले संघ संस्था र कार्यालयको कार्यमा लचक्ता त आउँछ नै उनिहरु कै कारण संघ संस्था र कार्यालय सबैको एट?याक्सन को केन्द्र हुने कुरा गलेश्वधाम बचत तथा ऋण सहकारी संस्थामा कार्यरत लेखापाल अनन्त गिरीको धारणा रहेको छ।
बिर्तिश आर्मीमा जाने युवतीहरु र खाडिमुलुकमा रोजगारीका लागि गएका युवतीहरुका साथै युरोप तथा अमेरिका र जापान मा आफ्नो पढाइको लागि जाने युवतीहरुको कथा आफ्नै ठाउँमा छ। यसका अलावा पनि ब्युटि पार्लर, सिलाइ कटाइ, एन जि ओ आइ एन जि ओमा आवद्ध युवतिहरु गाउँ गाउँमा फिल्डमा जाने र विभिन्न किसिमका आय मुलक तालिमहरु प्रदान गर्ने कार्यमा सक्रिय देखिएका छन। बेनीका युवतिहरु जिम्मेवार र बदलिंदो समय सँगै अघि बढने होडमा लागिपरेकाले पनि यसलाइ राम्रो संकेटको संज्ञा दिन सकिन्छ।
August 18, 2007 + Posted in आवाज +
aamoini,teso bhay ma aba beni ghumna janu paro ani,..........
Comment by santosh grg — August 18, 2007 @ 5:23 pm