अपडेट : ड्युसफ्ट ओभर्सिजले ६० हजार ग्राहक बनाइ १० करोड राजस्व छलेको भन्ने समाचार बिभिन्न पत्रीकाहरुमा समाचार प्रकाशित भइरहेको छ ।   यो सम्बन्धी समाचार हेर्न यहाँ जानु होला

लाईफ भिजन नेटवोर्क (Dew Soft Nepal) ले  सोझा साझा जनताको बिचल्ली पार्ने गरेको छ । बसी बसी पैसा कमाइन्छ भन्ने लगभग १५ हजार रुपैया तिरेपछि सदस्य बन्न पाइने यो सस्थाले थुप्रै सर्बसाधारणको बिचल्ली बनाएको छ । छिट्टै धनि बन्ने सपना देखाएर बसी बसी पैसा कमाउन सकिन्छ भन्दै गाउका सोझा साझा जनतलाई छक्याइ ठुला पदमा रहेकाहरुले पैसा खाने गरेको पाईन्छ ।

हेटौंडाका एक पीडित भन्नु हुन्छ ” यो संस्थाको सदस्य बनेपछि बसी बसी पैसा कमाउन पाइन्छ , सदस्य   बन्नको लागि रु १५००० जती लाग्छ भने ।  भैंसी  बेचेर पैसा दिएँ । सदस्य भनेको ५ महिना भई सक्यो अहिलेसम्म एक पैसा पनि पाएको छैन, न त उस्ले भने अनुसार  कुनै तालिम नै दिएको छ ।

तपाईंलाई अरु केके भनेका थिए त ? ?

जती जना मेम्बर बनाउन सक्यो उति धेरै पैसा पाईन्छ अनि तपाईंले मेम्बर बनाउन सक्नु भएन भने पनि केही छैन हामी मार्फत भनेको मेम्बरहरु हामी तपाईंको लिस्टमा राखी दिनेछौ अनि तपाईंको पैसा बढ्छ ।

भने पछि सबै काम उनिहरुले गर्ने लगानी मात्र तपाईंले गर्नु पर्छ भनेका रहेछ्न , अनि तपाईंले आफु पीडित भए पछि कुनै प्रयास गर्नु भएन त पैसा फिर्ता पाउनलाई ? ?

म मात्र होइन म जस्ता धेरै छन पीडितहरु । यता कार्यक्रम रोक्यौ बिथोल्याउ तर प्रशासनले हाम्रो बारेमा केही वास्ता गरेका छैन …

 

सदस्य बनाए बापत पैसा पाउने हुनाले नै यो संस्थामा पछी सदस्य बन्नेको पैसा पहिला भन्नेले बाडेर लिने भन्ने बुझिन्छ । 

अनि बिभिन्न लोभ देखाएर छिट्टै धनी भन्ने आशा देखि सदस्य बनाइ सदस्यको पैसामा मोज गर्ने ब्यक्तिहरु लाई कस्ले कारबाही गर्ला त?? कस्ले बोलि देला पीडितको पक्षमा  

 यसरी प्रतक्ष ठग्दा त सरकारले ठग्ने हरुलाई केही गर्न सक्दैन  भने 
भ्रस्टचारी अनि लुटेराहरु लाई कस्ले के गर्ने ?? 
समस्या सबै नेपाली हरुको हो एस्मा सबै जना जुटेर समाधान को बाटो पहिल्याउन तर्फ लागौँ ।

Tell a Friend