के तपाई सुर्य खस्छ भनेर पत्याउंनु हुन्छ। नेपाल सतीले सरापेको देश भन्छन् समय-समय ठाउं -ठाउंमा आस्चर्य लाग्दो घटना घटीरहन्छन् । अहीले पनी त्यस्तै एुटा घटना घटेको समचार मैले पढेपछी मलाई हाम्रो ब्लगमा राख्न्न ईच्छा लागेर यहां राखेको छु ।

                       कीर्तिपुर, साउन १२ – हिउँदमा तीन गाउँका बासिन्दाले पानी थाप्ने मच्छेनारायण मन्दिर परिसरका धारामा वषर्ा लागेपछि पँधेर्नी देखिँदैनन् । वषर्ामा अन्तै पानी पाइने भएर होइन, यहाँका धारामा पानी आउँदैन । बाहिरबाट आएकालाई अचम्म लाग्दो हुन्छ । तर यहाँका बासिन्दालाई सामान्य भइसकेको छ । अन्त जब पानी सुक्ने बेला हुन्छ, यहाँका १४ बटा धारामा पानी बढ्न थाल्छ । त्यसबेला थापागाउँ, कीर्तिपुर, मच्छेगाउँका बासिन्दाको खानेपानी यहीँको हो ।

यी धारामा पानी चैतपछि सुक्दै गएर जेठदेखि साउनसम्म आउँदैन । फेरि भदौ/असोजबाट आउन थाल्छ र पुस/माघमा भने धारामा पानी बढ्छ । यहाँका बूढापाका शेषनागले यसो भएको बताउँछन् । ‘फर्पिङका शेषनारायण र मच्छेनारायणका नाग एउटै शेषनाग हुन्,’ स्थानीय ७० वषर्ीय हरिबहादुर श्रेष्ठले भने- ‘शेषनारायण गएका शेषनाग नागपञ्चमीपछि मच्छेनारायणमा र्फकन्छन् ।’ शेषनाग जता जान्छन् त्यतै पानी आउने जनविश्वास छ । श्रेष्ठका अनुसार नाग मच्छेनारायण र्फकने बेलामा हुरीबतास चल्छ । वषर्ा पनि हुन्छ । नाग आएको बाटोमा धान, मकै र बोटबिरुवा लत्रिएका हुन्छन् ।

                त्यसपछि मूल बढेर धारामा पानी आउन थाल्छ । केही वर्ष पहिलेसम्म ती धारको पानीले दुई पानी घट्ट चल्ने गर्थे । ‘दुई वर्ष भयो नाग फर्केको थाहा छैन,’ उनले भने-’ धारामा त्यति धेरै पानी छैन ।’ भूगर्वविद अशोककुमार दवाडीका अनुसार जंगल र पहाडको फेदीमा भएको मुहानमा वषर्ामा परेको पानी सोसिएर पानी जम्मा हुन लामो समय लाग्छ । त्यस्ता मुहानमा पानी वषर्ापछि मात्र देखा पर्छ । बालुवाको तह भएको ठाउँ, पानीको मूल मुहान टाढा भएमा सफा पानी लामो समयसम्म हिउँदमा आउँछ । तर ‘रिजर्व वायर’ जमिनको धेरै तल छैन भने त्यस्तो मूलको पानी वषर्ामा बढ्ने र हिउँदमा घट्ने वा सुक्ने हुन्छ । ‘फिल्डमा गएर नहेरी भन्नै सकिन्न,’ उनले भने- ‘मच्छेनारायणका धाराको पानीको रिजर्व वायर टाढा हुनुपर्छ ।’ जल विज्ञान विज्ञ डा. दिलीप गौतमका अनुसार दुई चट्टानबीच रहेको जमिनमुनिको जलभण्डार ‘डिप एक्याफेयर’ भएमा पानी हिउँदमा आउँछ तर वषर्ामा नआउन सक्छ । यस्तो पानी ‘पोरस मेडिया’ बाट छिरेर जम्मा भएको हुनाले पानी सफा हुन्छ । जमिनको केही तलमात्रै जलाशय भएको ‘स्यालो एक्याफेयर’ मा वषर्ामा मुहानको पानी बढ्छ । हिउँदमा घट्छ । ‘मच्छेनारायणको पानी डिप एक्याफेयरमा हुनुपर्छ,’ उनले भने- ‘त्यहाँको पानी र माटोको विश्लेषणपछि किटानी गर्न सकिन्छ ।   साभार :- कान्तीपुर

 अब तपाईहरु नै भन्नुहोस की नेपालमा के चाही हुन लागेको होला ।

Tell a Friend