To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

के सुर्यले पृथ्वीलाई घुम्छ

                          के तपाई सुर्य खस्छ भनेर पत्याउंनु हुन्छ। नेपाल सतीले सरापेको देश भन्छन् समय-समय ठाउं -ठाउंमा आस्चर्य लाग्दो घटना घटीरहन्छन् । अहीले पनी त्यस्तै एुटा घटना घटेको समचार मैले पढेपछी मलाई हाम्रो ब्लगमा राख्न्न ईच्छा लागेर यहां राखेको छु ।

                       कीर्तिपुर, साउन १२ – हिउँदमा तीन गाउँका बासिन्दाले पानी थाप्ने मच्छेनारायण मन्दिर परिसरका धारामा वषर्ा लागेपछि पँधेर्नी देखिँदैनन् । वषर्ामा अन्तै पानी पाइने भएर होइन, यहाँका धारामा पानी आउँदैन । बाहिरबाट आएकालाई अचम्म लाग्दो हुन्छ । तर यहाँका बासिन्दालाई सामान्य भइसकेको छ । अन्त जब पानी सुक्ने बेला हुन्छ, यहाँका १४ बटा धारामा पानी बढ्न थाल्छ । त्यसबेला थापागाउँ, कीर्तिपुर, मच्छेगाउँका बासिन्दाको खानेपानी यहीँको हो ।

यी धारामा पानी चैतपछि सुक्दै गएर जेठदेखि साउनसम्म आउँदैन । फेरि भदौ/असोजबाट आउन थाल्छ र पुस/माघमा भने धारामा पानी बढ्छ । यहाँका बूढापाका शेषनागले यसो भएको बताउँछन् । ‘फर्पिङका शेषनारायण र मच्छेनारायणका नाग एउटै शेषनाग हुन्,’ स्थानीय ७० वषर्ीय हरिबहादुर श्रेष्ठले भने- ‘शेषनारायण गएका शेषनाग नागपञ्चमीपछि मच्छेनारायणमा र्फकन्छन् ।’ शेषनाग जता जान्छन् त्यतै पानी आउने जनविश्वास छ । श्रेष्ठका अनुसार नाग मच्छेनारायण र्फकने बेलामा हुरीबतास चल्छ । वषर्ा पनि हुन्छ । नाग आएको बाटोमा धान, मकै र बोटबिरुवा लत्रिएका हुन्छन् ।

                त्यसपछि मूल बढेर धारामा पानी आउन थाल्छ । केही वर्ष पहिलेसम्म ती धारको पानीले दुई पानी घट्ट चल्ने गर्थे । ‘दुई वर्ष भयो नाग फर्केको थाहा छैन,’ उनले भने-’ धारामा त्यति धेरै पानी छैन ।’ भूगर्वविद अशोककुमार दवाडीका अनुसार जंगल र पहाडको फेदीमा भएको मुहानमा वषर्ामा परेको पानी सोसिएर पानी जम्मा हुन लामो समय लाग्छ । त्यस्ता मुहानमा पानी वषर्ापछि मात्र देखा पर्छ । बालुवाको तह भएको ठाउँ, पानीको मूल मुहान टाढा भएमा सफा पानी लामो समयसम्म हिउँदमा आउँछ । तर ‘रिजर्व वायर’ जमिनको धेरै तल छैन भने त्यस्तो मूलको पानी वषर्ामा बढ्ने र हिउँदमा घट्ने वा सुक्ने हुन्छ । ‘फिल्डमा गएर नहेरी भन्नै सकिन्न,’ उनले भने- ‘मच्छेनारायणका धाराको पानीको रिजर्व वायर टाढा हुनुपर्छ ।’ जल विज्ञान विज्ञ डा. दिलीप गौतमका अनुसार दुई चट्टानबीच रहेको जमिनमुनिको जलभण्डार ‘डिप एक्याफेयर’ भएमा पानी हिउँदमा आउँछ तर वषर्ामा नआउन सक्छ । यस्तो पानी ‘पोरस मेडिया’ बाट छिरेर जम्मा भएको हुनाले पानी सफा हुन्छ । जमिनको केही तलमात्रै जलाशय भएको ‘स्यालो एक्याफेयर’ मा वषर्ामा मुहानको पानी बढ्छ । हिउँदमा घट्छ । ‘मच्छेनारायणको पानी डिप एक्याफेयरमा हुनुपर्छ,’ उनले भने- ‘त्यहाँको पानी र माटोको विश्लेषणपछि किटानी गर्न सकिन्छ ।   साभार :- कान्तीपुर

 अब तपाईहरु नै भन्नुहोस की नेपालमा के चाही हुन लागेको होला ।

July 29, 2007 + Posted in समाचार र बिचार, अचम्मका कुरा +


1 Comment »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/07/29/205/trackback/

  1. Khoi K Huna Lagheko Ho aba yastai Hudai satyanasa Huna lagheko Ho Kasailai Tha Bhayana ke Ta Bhawana Lai Tha Hola ke Ta rachalai Tha Hola .

    Comment by Kumar — August 4, 2007 @ 10:45 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.