एक्लोपन
- लीला बास्तोला / ईटाहरा, मोरङ्ग,
एक्लिएछु संसारमा तिम्रो मिठो साथै छैन
सँगै जिउने वाचा थियो आज तिम्रो हातै छैन।
कति पिउनु रातभरी बोटलहरु रित्तिसके
रक्सिको त के कुरा तिम्रो मिठो मातै छैन
सोंचेको थे कल्पनामा फूल एउटा रोप्छु भनि
बँगैचा यो उजाड भयो तिम्रो मिठो पातै छैन।
मन भरी कुरा खेल्छ सँधै एक्लै बस्छु जब
कल्पनाको के अर्थ भो तिम्रो चोखो रातै छैन
कोलाहल छ चारैतिर मन तर सुन्य नै छ
कोइलीलाई बर्साउने तिम्रो मिठो बातै छैन।
एक्लिएछु संसारमा तिम्रो मिठो साथै छैन
सँगै जिउने वाचा थियो आज तिम्रो हातै छैन।
July 26, 2007 + Posted in अतिथी कक्ष, लेख रचना +
Nice poem
but ke ho yar bichod ko kura kina garnu bhayeko ??
So sad
Comment by Rai — July 26, 2007 @ 5:26 pm
ohhhhhhhhhhh kasto yaad dilaunu bhayo Lila jii feri aaja …...........k garnu jindagi yestai ho rahe6 bhani basnu pareko6
Comment by santosh grg — July 26, 2007 @ 5:27 pm
एक्लिएछु संसारमा तिम्रो मिठो साथै छैन
सँगै जिउने वाचा थियो आज तिम्रो हातै छैन।
कति पिउनु रातभरी बोटलहरु रित्तिसके
रक्सिको त के कुरा तिम्रो मिठो मातै छैन
सोंचेको थे कल्पनामा फूल एउटा रोप्छु भनि
बँगैचा यो उजाड भयो तिम्रो मिठो पातै छैन।
मन भरी कुरा खेल्छ सँधै एक्लै बस्छु जब
कल्पनाको के अर्थ भो तिम्रो चोखो रातै छैन
कोलाहल छ चारैतिर मन तर सुन्य नै छ
कोइलीलाई बर्साउने तिम्रो मिठो बातै छैन।
एक्लिएछु संसारमा तिम्रो मिठो साथै छैन
सँगै जिउने वाचा थियो आज तिम्रो हातै छैन।
Comment by rataa — July 26, 2007 @ 7:27 pm
really nice poem to me thank to लीला बास्तोला and keshav bro for this sweet poem.
Comment by hari gautam — July 27, 2007 @ 11:15 am
simbolic 6 keep it up !
Comment by sanjay — September 5, 2007 @ 9:50 am