To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

ऐतिहासिक महत्वको बज्रवाराही

  नेपाल मन्दिरैमन्दिर भएको देश हो । त्यसमध्ये उपत्यकाको हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको अध्ययन गर्दा यहां छैटौ, सातौं शताब्दीमा देवदेवीहरूको कल्पना वा प्रभाव परेको मानिएको छ । उपत्यकामा चारवटा वाराही मन्दिरहरू रहेका छन् । उत्तरमा स्वेतवाराही, पर्ूवमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा बज्रवाराही रहेको पाइन्छ । यो पुण्यस्थल ललितपुर जिल्लामा एक हजार पाँचसय मिटर उँचाइमा रहेको चापागाउँ गाविसको वडा नं. ३ मा पर्दछ । यस मन्दिरको पर्ूवमा झरुवारासी बडिखेल गाविस, पश्चिममा छम्पी, उत्तरमा धापाखेल दक्षिणमा लेले गाविसभित्र यो क्षेत्र रहेको छ । १८.९९ हेक्टरमा फैलिएको यस जंगल क्षेत्रको करिब बीच भागमा मन्दिर रहेको छ  ।

प्राकृतिक रूपले अतिसुन्दर र पूण्यभूमिको रूपमा रहेको बज्रवाराहीको सम्बन्धमा- वाराही शब्द ‘बराहको स्त्रीलिङ्गी रूप हो ।जसको फरक-फरक महिमा पनि बताइन्छ । कतै अष्ठमातृका गणमा त कतै ब्रम्हायणी माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मीदेवीको रूपमा । वाराहीमा बज्र कहाँबाट थपियो भन्ने प्रश्नको जवाफ- उपत्यकामा नवौं शताब्दीदेखि १२ औं शताब्दीसम्म बज्रयानको प्रभाव अत्यधिक भएको समयमा- वाराहीमा बज्र विशेषण लगाई आरधना गरियो होला भन्न सकिन्छ ।

ब्रजयोगीनी देवी र वाराही पनि देवी हुनुले सम्भावना नजिक देखिन्छ । देवी दर्ुगाबाट दैत्यरक्तबीजलाई मार्नका लागि अष्ठमातृकाको सिर्जना गरिएको बताइएको छ । जसको पूजामात्र गर्नाले पनि जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने गर्छ सिद्धि प्राप्त हुन्छ । प्रकृतिको वरदानको रूपमा स्थापित भएको महसुस हुने अति सुन्दर निकुन्ज, शितल छहारी- त्यसै छहारीमा कोइलीको सुमधुर स्वर, प्रकृतिको विलक्षण सिर्जनामा मन्दिरमा मानव निर्मित कलात्मक भव्यताले जोसुकैलाई मनमोद विनोद बनाइदिन्छ

जहाँकी देवीको मर्ूर्ति सुरक्षाको लागि राष्ट्रिय संग्राहलय छाउनीमा राखिएको छ । गर्भ गृहमा प्रस्तरको बीचमा वल्लो-पल्लो छेउमा धातुका दर्ुइ मर्ूर्ति कलात्मक रूपले बनाइएको छ । ठीक तल ११ वटा देवीका मर्ूर्तिहरू जसको तलपट्ट िदक्षिणतर्फजल कुण्ड र नजिकै भोगदिने गरिन्छ । बाहिर र भित्र सिंहका आकृति छन् भने प्राङ्गणमा बत्ती बाल्ने पालाहरू छन् । देवीको मन्दिरमा कलात्मक तीन द्वारहरू छन् । मन्दिरमा स्थाइरूपले मर्ूर्ति राखिँदैन । जात्रा सञ्चालन गर्दा मात्र राखिन्छ ।

त्यहाँ रहेको जल कुण्डलाई पनि गुहेश्वरीको जलकुण्ड मानिन्छ । नवरात्रीमा उक्त कुण्डबाट जल निकालेर स्नान गर्ने प्रचलन छ । जहाँ काठमा कुँदिएका वाराहीका तीनवटा मर्ूर्ति बँदेलको जस्तो मुख देखिने, विभिन्न हतियार समातेका विभिन्न मुद्रामा देखि आठ बाहु भएका र राँगामाथि चढेको देखिन्छन् । ढोकामा दुवैतिर प्रस्तर सिंह र तीनवटै ढोकाको तोरणमा ब्रम्हायणी, कौमारी, इन्द्रायणी, अष्टमातृका, भैरव, गरुड, नाग, कलशसमेत देखिन्छन् । मन्दिरको जताततै विभिन्न चित्रहरू कुँदेर राखिएका छन् । त्यस्तो अपर्ूवकलाले सजिएको भए पनि उक्त मन्दिरमा गजुर छैन । मन्दिरमा गजुर निश्चित समयभित्र राख्नुपर्ने हुन्छ ।

 त्यस्तो समय- जुन समयमा चापागाउँवासी कुनै मृतलाशको आधा जलेर आधा भएको अथवा खप्पर पड्की गिदी निस्केको अथवा लुबु निवासीले मर्ुदा जलाइरहेको तथा नौवटै यहाँका मशानघाटमा आगो बलेको अवस्थामा मात्र गजुर राख्न सकिने भनाइ पाइन्छ । नेपाल संवत् ७८६ मा श्री निवास मल्लद्वारा निर्माण गरिएको देवगृहमा राखिने सुनको देवीको मर्ूर्तिमा दाहिने हातले कमलको विजफल, देब्रे हातले माछा अर्को दाहिनी हात भरिएको पात्र, देब्रेहातको साँहिली औँलाले पात्र च्यापेर दलिएको जलबिन्दु मुद्रा देखाइएको छ ।

जुन मर्ूर्तिका सबै अङ्गहरू भिन्दाभिन्दै गहनाले सजिएको देखिन्छ । जसको विधिवत् स्थापना चैत्रशुक्ल अष्टमीको दिन गरिएको थियो । यो मर्ूर्ति वि.सं. २०२५ सालमा चोरी भएपछि प्रहरीद्वारा फेला पारी तत्पश्चात् म्युजियममा राखिएको छ । वाराही देवीसँग सम्बन्धित दर्ुइ जात्राहरू मध्ये एउटा मङ्सिर र अर्को चैत्र महिनामा मनाउने प्रचलन छ ।

कार्तिक शुक्ल अष्टमी, नवमी र दशमीका दिन सञ्चालन हुन्छ । अष्टमीका दिन चापागाउँका बासिन्दा ६ जना नाइकेसहित आएर विधिपर्ूवक मर्ूर्तिमा पूजा गर्छन् । देवग्रहमा रहेको मर्ूर्तिलाई खटमा राखेर वाराही मन्दिरभित्रको वेदीकामा राखिन्छ । गुठीका तर्फाट पूजा र महादीप बालिन्छ । बोकाको बली दिएपछि देवी अगाडि अष्टकुन्डमा यज्ञ गरी टाउको हवन गरिन्छ । टीका प्रसाद ग्रहण गरी नौवटै मसानघाटको परिक्रमा गर्दा भात छरेर भूत पन्छाउने कार्य हुन्छ । यसरी अष्टमी जात्रा समाप्त भए पनि रातभरि नै चहलपहल हुन्छ ।

भोलिपल्ट चापागाउँका वासिन्दाहरू वाराही मन्दिरमा पूजार्-अर्चना गर्न आउँछन् । भने बुकिखलका मानिसहरू बोकासहित पूजार्-अर्चना गर्न बाजागाजासहित आई पूजा र बली दिएपछि मण्डपमा नाइकेहरूलाई बोकाको टाउको छोडी प्रसाद ग्रहण गरी मध्यरातमा देवीको खट उर्ठाई बिनाबाजागाजा सिमलढोकाबाट वखा डबलीमा ल्याएपछि विश्राम हुन्छ । दशमीको दिन देवीलाई गहना लगाई दिएपछि भजन, कर्ीतन गरी डबली, मण्डपमा पूजा थापी साँझसम्ममा बजारमा जात्रा गरी पुनः देवग्रहमा ल्याईन्छ । जात्रासम्पन्न भएपछि कर्माचार्यहरूको नाइकेबाट विर्सजन पूजा हुन्छ । देवीलाई खटमा नै राखेर देवगृहमा पुनर्स्थापना गरिन्छ तर वि.सं. २०४६ सालमा उक्त मर्ूर्ति चोरी भएपछि जात्रा सञ्चालन भएको छैन । उक्त मन्दिरमा चैत्र महिनाको एकादशी, द्वादशी, त्रयोदशी, चतर्ुदशी, सिन्दूरजात्रा र समापन जात्रा हुन्छ । मुख्यदिन भने चतर्ुदशीको दिन मानिन्छ ।

काठमाडौं कालमोचनबाट आएका कान फटाहाहरूद्वारा चैत्र शुक्ल एकादशीको दिन चक्रपूजा हुन्छ । चक्रगुठीबाट पूजा सामग्रीसहित बोकाको समेत व्यवस्था हुन्छ । द्वादशीको दिन देशारहरूको गुठीले-कुमारी पाठीको बलिसहित पूजाविधि सम्पन्न हुन्छ । देवीको परिक्रमा गर्राई जात्रामा भातसमेत छरी भूत-पिशाच पन्छाउने कार्य हुन्छ । त्रयोदशीका दिन शुद्ध हुने कार्य हुन्छ । चतर्ुदशीका दिन देवीलाई देवगृहको मूलचोकमा ल्याई महर्जनहरूबाट सिंगारपटार गरी पूजा गरेपछि र्सवसाधारणबाट पूजा गरेपछि मर्ूर्ति खटमा राखेर बजार परिक्रमा गर्राई देवगृहमा राखिन्छ ।

देवीलाई अष्टमण्डपमा राखेर स्नानसमेत गराउने प्रचलन छ । चतर्ुदशीको राती बिनावाजागाजा-स्थानीय प्रशासनले समेत पूजा गरेपछि फुस्रो सिन्दूर आपसमा लगाउने कार्य हुन्छ । पूणिर्माको दिन द्योलाहरूबाट भैरवस्थान घुमाई वखाटोलमा पूजा हुन्छ । इखा क्षेत्रपाल हुँदै भन्सार डबलीमा पुर्‍याएपछि जात्रा सम्पन्न हुन्छ ।

टीका भैरव- जसले सानीआमाबाट सताइएकी केटीको दुःख सुनेर-आफैँले बिहे गरेको प्रशङ्ग, चैत्रपूणिर्मामा-चन्द्र भैरव र छम्पी गणेशको जात्रा, भाद्र चतर्ुर्थीका दिन बुद्ध भगवान्को जात्रा, चैत्र पूणिर्माको दिन काले महादेवको जात्राले पनि उक्त क्षेत्रको सांस्कृतिक पक्षको बारेमा उजागर पारेको छ । बज्रवाराही देवीको जन्मदिन प्रत्येक वर्षो जेठ महिनाको कृष्ण पक्ष दशमीका दिन ब्राहृमणहरूद्वारा पूजा गरी बोकाको बलि दिई सम्पन्न गरिन्छ ।

 उपत्यकाको दक्षिण भागमा रहेको चापागाउँ साँस्कृति र ऐतिहासिक रूपले महìवपर्ूण्ा स्थानको रूपमा रहनुको साथै प्राकृतिक स्वरूपले पनि परिपर्ूण्ा रहेको छ । प्राकृतिक स्वरूपले धनी उक्त क्षेत्रमा कागको बास नहुनु, रूखका झरेका पातहरू यथास्थानमा रहनु, हनुमानको अवतार मानिएका बाँदरहरूको पनि श्रापमोचन स्थान हुनु, उक्त स्थानको काठ समेत आस्था र विश्वासका साथ जनताले प्रयोग नगर्नु, हरेक किसिमका वृक्षहरू पाइनु, अनन्त पन्छीहरूको बासस्थान हुनु, चिसोस्थानमा पनि तर्राईको जस्तो घनाजंगल हुनु, दर्ुइ सय वर्षपुराना वृक्षहरू हुनु, काली काठ, विजयशाल मात्र होइन सहदेव र सहदेवी बिरुवाको काठ आफ्नो शरीरमा राख्दा दुबैको मन मिल्नु जस्ता बिरुवा पाइनु यस पूण्यभूमिको लागि सुनमा सुगन्ध थपिनु जस्तै हो ।

July 24, 2007 + Posted in आवाज, लेख रचना +


2 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/07/24/p203/trackback/

  1. आवाज ब्लगले बीभीन्न कीसीमको खोजमुलक सामग्री राख्दै आएको छ । अहीले आएर बज्रवाराही को बारेमा राम्रो संङ्ग था पाउंने मौका पाए त्यसमा आवाज ब्लग लाई धन्यबाद दीन चाहन्छु । साथ- साथै सफलता को लागी शुभकामना ब्यक्त गर्दछु ।

    Comment by बीपीन — July 25, 2007 @ 9:29 am

  2. i can only nice to this?

    Comment by hari gautam — July 27, 2007 @ 11:16 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.