To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

सरकारले बुझोस् प्रतिस्पर्धालाई स्वागत गर्नुपर्छ

 

 

विराटनगर उपमहानगरपालिका–३ का भरतराज र विमला सुवेदीको घरको रौनक नै अर्कै छ अहिले। भर्खरै प्रकाशित एसएलसी परीक्षाको नतिजामा माइलो छोरा सुजनले पाएको सफलताले सुवेदी दम्पतीले उनलाई पढाउँदाको दुःख, कष्ट बिर्सेका छन्। विराटनगरको इडेन नेशनल सेकेण्डरी बोर्डिङ स्कूलबाट परीक्षा दिएका १६ वर्षे सुजनले यस वर्षको एसएलसी परीक्षामा ९३.२५ प्रतिशत अङ्क ल्याएका कारण सुवेदी परिवारमा यतिविघ्न खुशीयाली छाएको हो। सुजनले ‘नेपाल टप’ गरेको यकिन नभइसके पनि ल्याएको अङ्क हेर्दा उनलाई बधाई भन्नै पर्छ ।

नर्सरीदेखि नै सोही स्कूल पढेका यी मेधावी छात्र सानै कक्षादेखि प्रथम हुँदै आएका थिए। जिल्ला तथ्याङ्क कार्यालय, इनरुवा, सुनसरीका खरिदार बाबु भरतराज ‘क्षमताले भ्याएसम्म पढ्ने वातावरण बनाइदिएको’ बताउँछन्। छोराको पढाइ राम्रो छ भन्ने बुझे पनि यतिबिघ्न राम्रो अङ्क ल्याउला भन्ने नसोचेकी आमा विमला मख्ख पर्दै भन्छिन्, “प्रगति गर्दै जाओस् हामी उसलाई साथ दिन्छौँ।” सुजनको सफलतामा विद्यालय परिवार हर्षित त छ नै, त्यसमध्ये पनि ऐच्छिक गणितमा शतप्रतिशत अङ्क ल्याएका कारण विषय शिक्षक मनोज कोइरालाको खुशीको सीमै छैन ।

उनलाई आफ्नो कलेजमा भित्र्याउन पूर्वी क्षेत्रका मात्रै नभई राजधानीका नाम चलेका ‘प्लस टु’ कजेलहरू पनि आकर्षक प्रस्ताव बोकेर सुवेदी निवास धाउन थालेका छन् । तर भविष्यमा इन्जिनियर बन्ने लक्ष्य राखेका सुजनले अहिलेसम्म कसैलाई पनि हुन्छ भनेका छैनन्। एसएलसी बोर्ड प्रथा हटाएकोमा खिन्न सुजन भन्छन्, “अहिले म यसको शिकार भएँ, तर सरकारले बुझोस् प्रतिस्पर्धालाई स्वागत गर्नुपर्छ ।

यो  पनि पढ्नुहोस्

source :नेपाली हिमाल

July 24, 2007 + Posted in आवाज +


2 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/07/24/202/trackback/

  1. Government should take care about this factors.
    and the student shouldn’t be in the part of asvertisement. Student should have to study and they should not used in Advertisement

    Comment by Suresh — July 25, 2007 @ 8:00 am

  2. First of all, congratulations to Sujan.

    On whether or not top ten or top 3 students in SLC should be revealed, I think there is no another country on earth where passing grade 10 is taken as a hefty step as we do.

    It would be better if Sujan and all those who’ve scored above 90% be categorised in group A+, similarly put those who’ve scored 85-89.9% in group A, and so on…

    Sharad
    www.sharad325.blogspot.com

    Comment by Sharad — July 28, 2007 @ 5:34 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.