यसरी लुटिदैछन जनता
अपडेट : ड्युसफ्ट ओभर्सिजले ६० हजार ग्राहक बनाइ १० करोड राजस्व छलेको भन्ने समाचार बिभिन्न पत्रीकाहरुमा समाचार प्रकाशित भइरहेको छ । यो सम्बन्धी समाचार हेर्न यहाँ जानु होला ।
लाईफ भिजन नेटवोर्क (Dew Soft Nepal) ले सोझा साझा जनताको बिचल्ली पार्ने गरेको छ । बसी बसी पैसा कमाइन्छ भन्ने लगभग १५ हजार रुपैया तिरेपछि सदस्य बन्न पाइने यो सस्थाले थुप्रै सर्बसाधारणको बिचल्ली बनाएको छ । छिट्टै धनि बन्ने सपना देखाएर बसी बसी पैसा कमाउन सकिन्छ भन्दै गाउका सोझा साझा जनतलाई छक्याइ ठुला पदमा रहेकाहरुले पैसा खाने गरेको पाईन्छ ।
हेटौंडाका एक पीडित भन्नु हुन्छ ” यो संस्थाको सदस्य बनेपछि बसी बसी पैसा कमाउन पाइन्छ , सदस्य बन्नको लागि रु १५००० जती लाग्छ भने । भैंसी बेचेर पैसा दिएँ । सदस्य भनेको ५ महिना भई सक्यो अहिलेसम्म एक पैसा पनि पाएको छैन, न त उस्ले भने अनुसार कुनै तालिम नै दिएको छ । (more…)
July 30, 2007 + Posted in आवाज + Comments (8)
नेपाल मन्दिरैमन्दिर भएको देश हो । त्यसमध्ये उपत्यकाको हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको अध्ययन गर्दा यहां छैटौ, सातौं शताब्दीमा देवदेवीहरूको कल्पना वा प्रभाव परेको मानिएको छ । उपत्यकामा चारवटा वाराही मन्दिरहरू रहेका छन् । उत्तरमा स्वेतवाराही, पर्ूवमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा बज्रवाराही रहेको पाइन्छ । यो पुण्यस्थल ललितपुर जिल्लामा एक हजार पाँचसय मिटर उँचाइमा रहेको चापागाउँ गाविसको वडा नं. ३ मा पर्दछ । यस मन्दिरको पर्ूवमा झरुवारासी बडिखेल गाविस, पश्चिममा छम्पी, उत्तरमा धापाखेल दक्षिणमा लेले गाविसभित्र यो क्षेत्र रहेको छ । १८.९९ हेक्टरमा फैलिएको यस जंगल क्षेत्रको करिब बीच भागमा मन्दिर रहेको छ 