To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

पढाउने शैलीमा परिवर्तन गर्ने कि ?

शिक्षा भनेको सबैलाई आबस्यक कुरा हो । यो बिना जिबन नै अधुरो हुन्छ ।हाम्रो देशमा अहिले चलिरहेको शिक्षा प्रणाली कस्तो छ ? के तपाईंलाई यो प्रणाली ठीक छ जस्तो लाग्छ ??  नेपालको शिक्षा प्रणाली नराम्रो हुनुमा तपाईंलाई   कस्को कमजोरी छ जस्तो लाग्छ त ?

पढ्ने भनेको किताब रट्ने हो भन्ने ठानेका हामी नेपाली किताबी ज्ञानतर्फ नै धेरै आश्रति छौँ । त्यसैले हाम्रो शिक्षा प्रणालीमा केही फेर बदल ल्याउनुपर्ने बहस र मान्यता बढ्दै छ । वर्षरि आठ/नौंवटा किताब पढ्ने अनि अन्त्यमा ३ घण्टेको जाँचले विद्यार्थीको शैक्षिक योग्यता तोक्ने प्रणाली, विद्यार्थीको प्रमुख सम्भाविक गुणहरूको प्रस्फुटन गराउन टड्कारो भएको प्रायःले मान्ने गरेका छन् । किताबी पढाइभन्दा पनि समाजमा हरेक दिन जीवन जिउँदा सिकिने कुराहरूलाई त्यति महìव नदिँदा हाम्रो शिक्षा प्रणाली कमजोर हुँदै गएको छ ।

एस.एल.सी. जसलाई फलामे ढोका पनि भनिन्छ, नेपालको शैक्षिक प्रणालीमा यसको ठूलो महìव रहेको छ । विद्यार्थीहरू एस.एल.सीको तयारिका लागि जोडतोडले लागि परेका हुन्छन् । धेरैले पढेको कुरा नबुझिक नै खाली घोकेर मात्रै पनि विद्यार्थीहरूले राम्रो अङ्क ल्याइरहेका हुन्छन् तर अधिकांशले पढेका कुराहरूलाई जीवनमा उपयोग गर्न सकिरहेका छैनन् । कारण सोद्दा धेरै विद्यार्थीहरूले "हाम्रो शैक्षिक प्रणाली एकदमै शैद्धान्तिक हुने गरेको र व्यवहारिक भएको गुनासो गर्दछन् ।

लिङ्कन स्कुलका प्राध्यापक क्रेग बेकर हाम्रो एस.एल.सी प्रणालीको बारेमा यसो भन्छन्, "तीन घण्टे जाँचले मात्रै विद्यार्थीहरूको गुणहरू र क्षमता देख्न सकिँदैन जुन नेपाली शैक्षिक प्रणाली, विशेषतः एस.एल.सीमा देखिन्छ ।" उनी फेरि भन्छन्- "विद्यार्थीहरू आफ्नो समय धेरैजसो स्मरण गर्नमा बिताउँछन् । साथै यस्तो पढाइले समाजका समस्याहरूको हल निकाल्न सक्दैन ।"

एस.एल.सी.लाई धेरैले प्रमुखता दिए तापनि कतिपय एस.एल.सी. सञ्चालन गर्ने तरिकाबाट असन्तुष्ठ छन् । किनभने कक्षा कोठाभित्रको संलग्नता, उपस्थिति, गृहकार्य आदिको एस.एल.सी.को परिक्षाफलमा कुनै तोकिएको ठाउँ नहुनु र विद्यार्थीको असली परिचय दिन नसक्नु हो । त्यसैले शिक्षा विद्हरूले नेपाली शैक्षिक प्रणालीमा विदेशको केही अत्याधुनिक शैक्षिक प्रणालीलाई अपउनाउनुपर्ने बताउँछन् ।अमेरिकी, यूरोपेली राष्ट्रहरूको शिक्षा प्रणालीको एउटा मुख्य गुण विद्यार्थीहरूलाई आफ्नो पढाइसम्बन्धी स्वतन्त्रता हो ।

चार/पाँचवटा अनिवार्य विषयहरूबाहेक विद्यार्थीहरूले आफ्नो रोजाइको जुन विषय लिएर पढे पनि त्यसको महìव हुन्छ । कसैलाई सङ्गीत आउँदैन भने उसले त्यो किन पढ्नु । उसलाई अन्य विषयजस्तै कलामा रुची छ र सजिलो लाग्छ भने उसले त्यही पढ्न सक्छ । उसले संसारमा अहिलेसम्म पढाइ नभएको विषयको बारेमा एक्लैले भए पनि पढ्न पाउँछ । तोकिएको क्रेडिटआवरमा उसले त्यो विषय पढ्नर्ुपर्छ । यस्तो कोर्षाई इन्डिभिज्यूयलाइन्ड कोर्ष भनिन्छ ।

यस्तो कोर्षलिँदा विद्यार्थी दर्ुइ विशेषज्ञता हासिल गर्न सक्छ । विदेशमा एक कक्षादेखि नै बच्चाहरूलाई कुनै पनि विषय वा कुराको अनुसन्धान गर्न प्रोत्साहन गरिन्छ । किताबमा बढी ध्यान नदिई, उनीहरूलाई मनोरञ्जनका साधनहरू मार्फबाट पढाइन्छ । जस्तै की तरकारीको प्रकारका बारेमा बुझाउनुछ भने उनीहरूलाई तरकारी बजारमा नै लग्छन् अथवा कक्षामा तरकारीहरूको सानो पर््रदर्शनी गरिन्छ वा उनीहरूलाई मनपर्ने तरकारीको बारेमा भन्न लगाइन्छ । यस्तो प्रक्रियामा सानासाना विद्यार्थीहरूले रमाइलो गर्नुका साथै तरकारी प्रकार, रङ, बनोट परिकार आदिका बारेमा सजिलै जान्दछन् ।

 यसो गर्दा अन्तरक्रियात्मक शैक्षिक वातावरणको सिर्जना पनि हुन्छ । यसैगरी विद्यार्थीको पढ्ने क्षमता, तरिका, रोजाइ, भाषाशैली, दक्षता आदिका आधारमा कक्षालाई विभाजन गरिन्छ । यस्तो विभाजन प्राथमिक तहदेखि नै हुने गर्दछ जुन सधैँ एकैनासको हुँदैन । विद्यार्थीले पढाइमा राम्रो गरेमा पढ्ने खाले विद्यार्थीहरूसँगै राखिन्छ । कोहिले किताबबाटै धेरै कुरा चाँडो सिक्छन्, कोही खेलेर, केही बढी रचनात्मक भएर बुझछन् भने उनीहरूलाई त्यही अनुसार समूहमा राखिन्छ । यसो गर्नुको प्रमुख कारण सबै विद्यार्थीलाई पढ्ने वातावरण राम्रो र प्रभावकारी बनाउनु र मौका दिनु हो ।

यस्तो खाले शिक्षा प्रणाली हाम्रो देशमा पनि सुरु गर्नु पर्दछ । यस्तो परिवर्तन ल्याउनका लागि शिक्षक, विद्यार्थीहरू नै अघि र्सर्नुपर्छ । "यसो गर्न नेपालको अहिलेको शैक्षिक प्रणालीमा पुरैफेर बदल गर्नुपर्छ । अहिलेको पढाइसँगै सम्बन्धित पाठ्यक्रमहरू सबै बासी हुनछन् । शिक्षकहरूले पढाउँदा ती कोर्षरूलाई समय सापेक्ष बनाउनर्ुपर्छ ।" नेपालको वरिष्ठ शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउनुहुन्छ । साथै उहाँ भन्नुहुन्छ, "अबको शिक्षा प्रणाली भनेको प्रत्येक व्यक्तिलाई अनुसन्धाता बनाउनु हो ।

यसको अलावा शैद्धान्तिक ज्ञान भएका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानतर्फजान दिनुपर्छ यस्तो ज्ञान भएकाहरूलाई -खेतमा काम गर्ने) शैद्धान्तिक ज्ञान दिनुपर्छ । यसो गर्दा दुइतर्फी शिक्षाको आदान-प्रदान हुन्छ । यसो भन्दैमा हामीले विदेशी शैक्षिक प्रणालीलाई पूरै अनुशरण गर्नुहुँदैन । कुनै पनि विदेशी प्रणाली अपनाउँदा, आफ्ना देश र संस्कृतिसँग मिल्दो बनाउनु पर्छ ।

शिक्षा समाजमा रहेका समस्याहरूको समाधान खोज्न उपयोगी हुनुपर्छ । ज्ञान दिमागमा राख्नलाई मात्र होइन, त्यसलाई वास्तविक जीवनमा उतारी समाजको विकासको लागि उपयोगी बनाउन सक्नर्ुपर्छ । अरूले जे भन्यो त्यसलाई आँखा चिम्लेर विश्वास गर्ने होइन आफैँले प्रयोगात्मक अनुसन्धानद्वारा प्रमाणित गरेर हेर्ने बानी बसाउनु पर्दछ । जुन आजको शिक्षा प्रणालीको सुधारको खाँचो पनि हो भन्न सकिन्छ ।

-निकी शाक्य, प्रतीशा श्रेष्ठ
युवामन्च

June 27, 2007 + Posted in अतिथी कक्ष, समाचार र बिचार +


3 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/06/27/p171/trackback/

  1. yo kurama sabaile aawaz uthaunu parne ho.
    khai ta loktantra aayepachhi maobadi sarakarma gayepachi pariwartan huncha bhannne maobadi pani sarakarama gayepachhi chup lagihalye
    aru Nepaharu ko taal ta uhi ho
    jhan ahile ko education ra griha manti ta talab ani bhatta khane matrai hun kam kehi gardainan baru yek arkako birod garchhan baschhan.

    Comment by Suman Rai — June 27, 2007 @ 5:07 pm

  2. change ta garnu parne ho ni tara loktantra pachhi pani uhi burjuwa shiksha nai chalirahechha ta ke garne

    Comment by sudesh — June 30, 2007 @ 8:06 am

  3. As we all know that our education system not so, good in worlds.Here no practial only theory.so. if we clear any class then we dont know about that.so, here should be prctical with theory to boost education systems.

    Comment by hari gautam — July 1, 2007 @ 9:25 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.