कतै तपाइं पनि ठगिदै हुनु हुन्छ कि ??
यी प्रकाशित सामग्रिहरु भोगाइ, अनी खोज तथा अनुसन्धानबाट तयार गरिएका हुन्
मैले ईमेल hack को बारेमा केही सुनेको थिए तर कसरी hack गर्छन् भन्ने चाँही थाहा थिएन । मैले कुनै चसो पनि लिएको थिँइन तर आज मलाई एक यस्तो मेल आयो जस्ले गर्दा मैले hack को बारेमा केही बुझ्ने कोशीस गरे । सबै ईन्टरनेट प्रयोगकर्ताले बुझ्नै पर्ने कुरा हो यो । कतै तपाईंलाई पनि कोही कसैले झुक्काइ रहेको त छैन ? आउनुस् म तपाईंलाई भन्ने छु कसरी यी सब कुरा हुन्छन र कसरी ईन्टरनेट बाट तपाईं ठगिनु हुन्छ ?
ईन्टरनेटमा च्याट गर्दा होस् या अरु कुनै काम गर्दा होस् धेरै होस् पुर्याउनु पर्ने हुन्छ, यदी तपाईं कुनै फर्म भर्दै हुनु हुन्छ भने होसियार हुनुहोस् त्यहाँ आफ्नो बारेमा लेख्नु भन्दा अगाडि केको लागि हो त्यो भनेर थाहा पाउनु राम्रो हुनेछ । बिशेष त हिजो आज तपाईंलाई यति लाखको चिठ्ठा परेको छ । कृपया तपाईंको चिठ्ठा लिन फलानो बैंकको खातामा वा कुनै माध्यमबाट हामीलाई पैसा पठाउनु होला भन्ने खबर भएको मेल तपाईंले पाउनु हुन्छ । त्यो मेल पठाउनेले तपाईंलाई ठग्न खोजेको हो । त्यस्को बारेमा वास्ता नै नगर्दा राम्रो हुनेछ ।
ईमेल hack को बारेमा भन्नु पर्दा हिजो आज थुप्रै software हरु पाईन्छन जस्ले तपाईंलाई मेल पठाएर तपाईंको पासवोर्ड को जानकारी लिन सकिन्छ । यस्ता software हरुलाई थुप्रै रकम पर्दछ । Hack गर्नेहरुले यो सफ्टवरेको प्रयोग गरी तपाईंलाई मेल पठाउन सक्छन ।
त्यसैले आफुले नचिनेको ठेगानबाठ ई-मेल आएमा सकेसम्म नखोल्नु नै बेस हुन्छ । यदि तपाइले हटमेल, याहु, जस्ता मेल सर्भरबाट मेल चलाइ रहनु भएको छ भने कतिपय मेलहरु सर्भरबाट नै रोकिनेछ , तर अरु चलाउनु भएको छ भने नरोकिन पनि सक्छ । त्यसैले मेल खोल्दा पनि होसियार हुनु पर्दछ ।

June 24, 2007 + Posted in आवाज, साईबर संसार +
Malai pani yesto mail aayera hairan nai pari sakyo bhaneko
yesta kuraharu sabailai batayera sahayoga garnu bhayeko ma dhanyabad
Comment by Rai — June 26, 2007 @ 7:48 am