कहाँ जाने र कस्लाई पोख्ने आफ्नो बेथा ?? सरकारले हेर्दैन, पीडितको कुरा सुन्दैन । काम गरुँ त काम काम पाइँदैन काम गर्ने भए यस्तै काम मिल्छ अब जे भए पनि काम त गर्नु पर्यो काठमाडौंको ठाउँ महङ्गी यस्तो छ, आखिर बाच्नु त पर्यो । मरु भने बुढी भएकी आमाको हेरबिचार कस्ले गर्छ । आमा बिरामी भएकोले उहको उपचार पनि त गर्नु छ , कस्ले सुन्छ मेरो आवज कस्ले बुझ्छ मेरो कुरा "
"मलाई मेरो शरीरै बेचेरँ भए पनि जन्मदिने आमाको उपचार गर्नसकेकोमा गर्व लागेको छ । तर मनभित्र अव्यक्त पीडा र वेदना छन । म यो वेदनाको भारी बिसाउने चौतारीको खोजीमा छु, तर पाउनसकेकी छैन ।" यो पीडा हो, रामेछापबाट राजधानी भित्रिएकी २० वषर्ीया किशोरीको । जीवनको यथार्थ भोगाइबारे उनी भावुक हँदै भन्छिन्, ‘मेरो बुबा सानैमा बित्नुभयो, आमाले ज्याला मजदुरी गरी एसएलसीसम्म पढाउनुभयो । पत्रकारिता पढ्न ०६० सालमा राजधानी आएँ । तीन महिनापछि घरबाट ‘आमा एकदमै सिकिस्त हुनुहुन्छ, मुख हेर्ने भए आउनु ’ भन्ने समाचार पाएर गाउँ गएँ । (बाँकी-भित्र…)


