Joy is never complete as when it is shared with others.
आवाजJune 2, 2007 9:07 pm

कहाँ जाने कस्लाई पोख्ने आफ्नो बेथा ?? सरकारले हेर्दैन, पीडितको कुरा सुन्दैन काम गरुँ काम काम पाइँदैन काम गर्ने भए यस्तै काम मिल्छ अब जे भए पनि काम गर्नु पर्‍यो काठमाडौंको ठाउँ महङ्गी यस्तो , आखिर बाच्नु पर्‍यो मरु भने बुढी भएकी आमाको हेरबिचार कस्ले गर्छ आमा बिरामी भएकोले उहको उपचार पनि गर्नु , कस्ले सुन्छ मेरो आवज कस्ले बुझ्छ मेरो कुरा "

"मलाई मेरो शरीरै बेचेरँ भए पनि जन्मदिने आमाको उपचार गर्नसकेकोमा गर्व लागेको छ । तर मनभित्र अव्यक्त पीडा र वेदना छन । म यो वेदनाको भारी बिसाउने चौतारीको खोजीमा छु, तर पाउनसकेकी छैन ।" यो पीडा हो, रामेछापबाट राजधानी भित्रिएकी २० वषर्ीया किशोरीको । जीवनको यथार्थ भोगाइबारे उनी भावुक हँदै भन्छिन्, ‘मेरो बुबा सानैमा बित्नुभयो, आमाले ज्याला मजदुरी गरी एसएलसीसम्म पढाउनुभयो । पत्रकारिता पढ्न ०६० सालमा राजधानी आएँ  । तीन महिनापछि घरबाट ‘आमा एकदमै सिकिस्त हुनुहुन्छ, मुख हेर्ने भए आउनु ’ भन्ने समाचार पाएर गाउँ गएँ । (बाँकी-भित्र…)

Tell a Friend
आवाज 7:45 am

आजकै दिन अर्थात जेठ १९ गते शुक्रबार  कसैले पनि बिर्सन सक्दैन होला साहेद ! हो आजकै दिन हो राजा बिरेन्द्रको सम्पुर्ण बंश बिनाश हुने गरि एक हत्याकाण्ड भएको थियो "राजदरबार हत्याकाण्ड" 
यो हत्या कान्ड मच्चाउने तत्कलिन युबराज दीपेन्द्र हो भनिए पनि नेपालि जनता यसलाइ मान्न तयार छैनन् । राजदरबार हत्या कान्डको बारेमा २वटा पुस्तकहरु (मैले पढेको)  पनि बजारमा आइसकेका छन ती पुस्तकहरुले पनि राजदरबार हत्या कान्ड दीपेन्द्रबाट गरिएको होइन भन्ने प्रमाणित गरेका छन। तेसो त रानाभाटबाट सार्बजनिक गरिएको प्रतिबेदन सुन्ने बित्तिकै पनि नेपालिहरुलाइ पक्कै पनि यो हत्या काण्ड दीपेन्द्रबाट भएको होइन भन्ने बिश्वाश नभयेको भने होइन । 

 स्व. राजा बिरेन्द्र वीर बिक्रम शाह तथा सम्पूर्ण म्रितकहरुको आत्माले शान्ति पाओस् 

Tell a Friend