आवाजJune 30, 2007 8:24 am

Peeople On dailekha

 

 

खान नहुने प्रमाणित भइ फ्याकिएको चामल पनि खानको लागि लुछाचुडी गर्दै दैलेखका जनता । हेर्नुस त नेपालको दुर्गम  भागको अबस्था ! खान नपाएपछी के गरुन त तिनिहरुले पनि त्यसरि सडेर बिग्रने भइ फाल्नु  भन्दा त अलि अगाडि नबिग्रदै ती जनतालाइ बाडेको भए कस्तो हुन्थ्यो होला ?? (बाँकी-भित्र…)

Tell a Friend
आवाज, समाचार र बिचार, अचम्मका कुराJune 29, 2007 2:35 pm

नेपालमा के चाँही हुन लागेको हो , अचम्मका कुराहरु दिनहुँ सुन्न पाइन थालेको छ । कहिले मान्छे भुत सँग जुधेको रे त कहिले नया बुद्ध रे । सतिले सरापेको देश भन्छन के के हुन्छ के के यो देशमा । अहिले फेरी एउटा नयाँ अचम्मको कुरा रुखको फेद छिन्दा पनि रुख ढलेन रे रुपन्देहीमा । आह्राले काटेर रुखको फेद पाँच दिन अघी नै छिनाइसकेको  भए पनि अझ सम्म रुखको पात सम्म पनि हरियो रहनु अनी रुख बिना सहारा  नै उभिनु भनेको अनौठो कुरा नै भयो नि ।  रुख नढले पछी  डोरी लगाएर रुख ढाल्ने कोशीस कोशीसमा नै सिमित रहेपछी गाउँलेहरु  अचम्मित भएका छन । (बाँकी-भित्र…)

Tell a Friend
अतिथी कक्ष, समाचार र बिचारJune 27, 2007 3:57 pm

शिक्षा भनेको सबैलाई आबस्यक कुरा हो । यो बिना जिबन नै अधुरो हुन्छ ।हाम्रो देशमा अहिले चलिरहेको शिक्षा प्रणाली कस्तो छ ? के तपाईंलाई यो प्रणाली ठीक छ जस्तो लाग्छ ??  नेपालको शिक्षा प्रणाली नराम्रो हुनुमा तपाईंलाई   कस्को कमजोरी छ जस्तो लाग्छ त ?

पढ्ने भनेको किताब रट्ने हो भन्ने ठानेका हामी नेपाली किताबी ज्ञानतर्फ नै धेरै आश्रति छौँ । त्यसैले हाम्रो शिक्षा प्रणालीमा केही फेर बदल ल्याउनुपर्ने बहस र मान्यता बढ्दै छ । वर्षरि आठ/नौंवटा किताब पढ्ने अनि अन्त्यमा ३ घण्टेको जाँचले विद्यार्थीको शैक्षिक योग्यता तोक्ने प्रणाली, विद्यार्थीको प्रमुख सम्भाविक गुणहरूको प्रस्फुटन गराउन टड्कारो भएको प्रायःले मान्ने गरेका छन् । किताबी पढाइभन्दा पनि समाजमा हरेक दिन जीवन जिउँदा सिकिने कुराहरूलाई त्यति महìव नदिँदा हाम्रो शिक्षा प्रणाली कमजोर हुँदै गएको छ । (बाँकी-भित्र…)

Tell a Friend
आवाजJune 26, 2007 8:11 am

हुन त नेपालि जनताले अब ज्योतिश बिज्ञानमा विश्वाश कमै गर्लान तर  पोखराका ज्योतिश सम्बन्धी एक मात्र पत्रीका अनुसार नेपालको भावी राष्ट्रपति पुष्पकमल दाहाल अर्थात् प्रचण्ड हुने छन । त्यसो त भारतीय टिभी च्यानल सीएनएन-आईबीएनलाई दिनुभएको एक अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभएको भनी समुद्रपरी नामक एक अन्लाईन पत्रीकाले पनि छापेको छ । ज्योतिश बिज्ञानमा पनि त्यही नै देखिएको छ रे । नपत्याए हेर्नुस् न त । (बाँकी-भित्र…)

Tell a Friend
आवाज, साईबर संसारJune 24, 2007 4:24 pm

यी प्रकाशित सामग्रिहरु भोगाइ, अनी खोज तथा अनुसन्धानबाट तयार गरिएका हुन्

मैले   ईमेल hack  को बारेमा केही सुनेको थिए तर कसरी hack गर्छन् भन्ने चाँही थाहा थिएन । मैले कुनै चसो पनि लिएको थिँइन तर आज मलाई एक यस्तो मेल आयो जस्ले गर्दा मैले hack को बारेमा केही बुझ्ने कोशीस गरे । सबै ईन्टरनेट प्रयोगकर्ताले  बुझ्नै पर्ने कुरा हो यो । कतै तपाईंलाई पनि कोही कसैले झुक्काइ रहेको त छैन ? आउनुस् म तपाईंलाई भन्ने छु कसरी यी सब कुरा हुन्छन र कसरी ईन्टरनेट बाट तपाईं ठगिनु हुन्छ ? (बाँकी-भित्र…)

Tell a Friend
आवाजJune 21, 2007 2:05 pm

यतिबेला नेपाल भरी बसेका सबै नेपाली डर अनी त्रासमय   जिबन बिताइरहेका छन । सबैको मनमा डरले बास गरेको छ, भोली के हुने हो भनेर सबै आत्तिरहेका छन, कोही भने अब बाँच्ने दिन सकियो भन्दै छन । असार ८ गते विश्व ब्रम्हान्डमा नै ठुलो प्रलय हुनेछ , भुकम्प आउने छ, धेरै मान्छे मर्नेछन भन्ने कुराले सबैलाई सताइरहेको छ । कोही भने १९९० सालमा गएको भुकम्प फर्किने होला भन्दैछन । जे भए पनि सबै जनालाई डर छ मारिएला कि भन्ने। (बाँकी-भित्र…)

Tell a Friend
आवाज, हासो ठट्टाJune 19, 2007 8:31 am

असारतिर ठूलो प्रलय हुने भविष्यवाणी आएपछि देशैभर आतङ्क मच्चिएको छ । यस प्रलयमा के के पो हुने हो ? भूकम्प आउने हो कि, बाढी आउने हो कि, पहिरो जाने हो कि ? सबैको मनमा त्रास छाएको छ । यति नै बेला जनताको त्रास हटाउन सरकार र अरू ज्योतिषविद्हरूले भने अर्को एउटा भविष्यवाणी निकालेका छन्, कोही डराउनु पर्दैन, केही हुनेवाला छैन ! (बाँकी-भित्र…)

Tell a Friend
आवाजJune 14, 2007 9:15 am

आकासे पुल अर्थात बाटो  माथि हेर्नुस् त कस्तो राम्रो पुल बनाएको । यो कुन ठाउँ होला , आहा! कति राम्रो ठाउँ, यो ठाउँ हेर्दा नेपालको कुनै भाग जस्तो देखिएपनि पुल हेर्दा नेपाल जस्तो देखिदैन। नेपालमा कहाँ हुन्छ र यस्तो पुल ?? नेपालमा यस्तो पुल बनेको भए आज नेपाल कस्तो भैसक्ने थियो होला?? ठाउँ हेर्न भित्र आउनु होला (बाँकी-भित्र…)

Tell a Friend
आवाजJune 11, 2007 8:56 am

यो कुरा सुन्दा सबैलाइ अचम्म लाग्ला मलाइ पनि अचम्म लगेको छ । त्यसैले मैले यो कुरा तपाइहरु माझ राखेको हुँ । धेरै दिन देखि एउटा हल्लाले सबैको मनमा डर अनि कौतुहलताको स्रिजना गरिरहेको  छ । "असार ८ गते बाट बिश्वमा नै ठुलो अनिष्ट हुनेछ, अब फेरि सत्य युग आउने छ । पकिस्तानम ठुलो क्षति हुने वा पाकिस्तान नै नरहने सम्भावन रहेको छ । भारतमा पनि ठुलो क्षति हुनेछ । नेपालमा भने त्यति क्षति नहुने तर करिब ३ लाख मान्छे मर्ने अनुमान गरिएको छ ।      

नेपालका किर्तिपुर् , बनेपामा भने त्यती क्षती हुनेछैन । परमपिता परमात्माको दिब्य अबतार २०६० माघ ९ गते नै भैसकेको छ, ! धेरै पापिहरुको बस्ती भयो  भनेर पापिहरुलाई नष्ट गरेर विश्वमा नै शान्ति ल्याउनको लागि परमात्माको अबतार्  भएको हो । यो घटना अबस्य हुनेछ २०६४ असार ८ गते बिहान ६:१५ बजेबाट यस्को सुरुवात हुनेछ र असार २६ गते  सकिने छ । अनी कालीयुग सकिएर सत्य युग आउने छ । यो कुरा लाई बेवस्ता गरेर नपत्याउदा पछि पछुताउनु पर्नेछ । (बाँकी-भित्र…)

Tell a Friend
आवाज, लेख रचनाJune 8, 2007 6:10 pm

 - (लीला बास्तोला) ईटाहरा, मोरङ्ग

        संगालेको मेरो माया
संगालेको मेरो माया जताततै छर्यौ होला
बन्द दिलको पाना भित्र अर्के नाम भर्यौ होला
सँधै सँधै हामी बस्ने सुन्दर प्रेमको चौतारीमा
अर्कै सँग प्रित साट्न धेरै पटक झर्यौ होला (बाँकी-भित्र…)

Tell a Friend