To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

कस्ता होलान् त ती डाक्टर ? :: एउटा कानमा व्यथा, अर्कोमा शल्यक्रिया

दाहिने कानको शल्यक्रिया गराउन अपरेसन थिएटर पुगेका व्यक्ति देब्रे कानको शल्यक्रिया भएर बाहिर निस्कन्छन् भने तपाईं के भन्नुहुन्छ ? सुन्दा अचम्म लाग्ने यो घटना जिल्लामा होइन राजधानीको सुविधासम्पन्न अस्पतालमा भएको हो ।

काठमाडौं मोडेल अस्पतालमा दाहिने कानको शल्यक्रियाका लागि झापाबाट आएका २७ वषर्ीय डिल्ली सिवाकोटी शनिबार शल्यक्रिया कक्षबाहिर निस्किदा देब्रे कानको शल्यक्रिया भइसकेको थियो ।

सिवाकोटीले शल्यक्रिया कक्षमा समेत आफूलाई बेहोस पार्नुअघि दाहिने कानको शल्यक्रिया गर्नुपर्ने बताएका थिए । 

कम सुन्ने समस्याबाट पीडित सिवाकोटीको दाहिने कानको शल्यक्रियाका लागि अस्पतालले शनिबारको दिन तय गरेको थियो । ‘डा. माधव दाहालले शल्यक्रिया गर्न सुई लगाएर बेहोस पार्दासमेत दाइले दाहिने कान देखाउनुभयो तर डाक्टरले वास्ता गरेनन्,’ बिरामीका आफन्तले आइतबार कान्तिपुरसँग भने- ‘उहाँको देब्रे कान ठीकै थियो, दाहिने कानमा कम सुन्ने समस्या देखिएको हो ।’

ती आफन्तले अस्पतालमा आइतबार बिहान आठ बजेदेखि उपचारमा लापरबाहीबारे व्यापक बैठक भएको समेत बताए । बैठकपछि हाल अस्पताल व्यवस्थापन र बिरामी पक्षबीच शल्यक्रियामा भएको त्रुटिका लागि समस्याग्रस्त दाहिने कानको शल्यक्रिया निःशुल्क गरिदिने सहमति भएको जानकारीसमेत उनले दिए । ‘अस्पतालले थप उपचार गर्ने सहमति भएको छ,’ आफन्तले भने ।

अस्पताल स्रोतले भने यो घटना ‘मानवीय त्रुटि’ ले भएको जनाएको छ । अस्पताल व्यवस्थापनले भने सिवाकोटीको दुवै कानको झिल्लीमा प्वाल परेको उल्लेख गर्दै हालको शल्यक्रिया झिल्लीलाई टाल्न गरिएको दाबी गरेको छ । ‘दुवै कानमा खराबी भएको हुनाले उपचारका क्रममा कुन अगाडि, कुन पछाडि ठूलो प्रश्न नै होइन,’ व्यवस्थापनले भन्यो- ‘यस्तो पुनर्निर्माण शल्यक्रियामा धेरै चोटिको प्रयासमा समेत श्रवण शक्ति फर्किने हुन्छ ।’

नेपाल मेडिकल काउन्सिलमा यस वर्ष -२०६३/६४) मा हालसम्म करिब सयभन्दा बढी उपचारमा हेलचेक्र्याइँ भएको उजुरी परेको

छ । ‘गत ६ महिनामा परेको उजुरी अझ बढी छ, कुनै-कुनै साता त १० भन्दा बढी उजुरी आउँछन्,’ काउन्सिलका रजिस्टार डा. श्रीकृष्ण गिरीले भने ।

जानी-जानी भएको गल्तीमा काउन्सिलले हदैसम्मको कारबाही गर्छ । ‘मानवीय त्रुटि हो भने कति ठूलो क्षति हो त्यसअनुसारको कारबाही हुन्छ,’ डा. गिरीले बताए ।

मानवीय त्रुटिबारे पीडित पक्षबाट उजुरी परे काउन्सिलले विशेषज्ञ टोली बनाएर अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउँछ । तर धेरैजसो मानवीय त्रुटि जानी-जानी नभएका घटनाको उजुरी काउन्सिलमा आउँदैन । काउन्सिल स्रोतका अनुसार जानी-जानी नभएका घटनामा प्रायःजसो चिकित्सक र रोगीका आफन्तले आपसी सरसल्लाहले विवाद मिलाउने गरेको देखिन्छ ।

यस्ता सुबिधा सम्पन्न अस्पताल को त यो हालत छ अनी अरु को के होला हालत ?अब यस्लाई के भन्ने गल्ती कि लापरबाही भन्ने ??  यस्तो लापरबाही गर्नेलाई कारबाही गरी पीडित पक्षलाई क्षतिपुर्तीको ब्यबस्था गर्नु पर्दछ ।   शल्यकृया जस्तो सम्बेदनशिल काममा यस्तो   लापर्बाही गर्नेलाई हदै सम्मको सजाय हुनु पर्दछ ।

समाचार साभार :: कान्तिपुर दैनिक

May 29, 2007 + Posted in आवाज +


1 Comment »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/05/29/p158/trackback/

  1. Teetikai ho ta daoctorlai dhungale hanne janatle ? Jo bhodho uhi bato…. bhane jasto. galti pani garne ani kasaile usko galtima kehi bolyo bhane ma sabai sewa banda garchu bhanne
    yo sab sarakar (homeminister) kamajor bhayera ho
    je man ma aayo tehi garchhan. ani ta nepal bigreyeko ni

    Comment by shyam — May 30, 2007 @ 9:37 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.