मनका कुरा:: केही लेख्न मन लाग्यो
तपाईंहरुकै सल्लाह सुझाब अनुसार म फेरी ब्लग अपडेट गर्न तपाईंहरु माझ आइसकेको छु । धेरै भयो, कहिले अफिसको काम भन्यो कहिले के काम भन्यो, ईन्टरनेट चलाऊने फुर्सद्नै भएन छ मलाई । यस समय बिचमा तपाईंहरुका थुप्रै ईमेल सन्देसहरु पनि मैले हेर्न नपाएकोमा म क्षमा चाहन्छु । आज देखि फेरी ईन्टरनेटको दुनियाँमा तपाईंहरुसँग आफ्नो कुराहरु बाढ्न आइपुगेको छु । आश छ, फेरि पनि मलाइ पहिलको जस्तै सहयोग गर्नु हुनेछ ।
फेरी पनि तपाईंहरुले पहिला जस्तै आफ्नो लेख रचनाहरु पठाउन सक्नु हुनेछ र ती लेख रचनाहरु अबश्य प्रकाशित हुनेछन् । आफ्नो मनका कुराहरु भावनाहरु अरु सँग बाढ्न सक्नु हुनेछ यस ब्लग मार्फत । केही समय यता तपाईंहरु माझ आउन नसकेकोमा पुन: माफि चाहन्छु ।
May 29, 2007 + Posted in आवाज +