To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

प्रसिद्ध उद्योगपति खेतानको निधन

 प्रसिद्ध उद्योगपति एवम् खेतान समूहका अध्यक्ष मोहनगोपाल खेतानको बिहीबार राति ६० वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ।लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित खेतानलाई राति १०:४५ बजे हृदयाघात भएपछि उपचारार्थ नर्भिक अस्पताल लाँदालाँदै बाटामै निधन भएको थियो।

 

टर्कीका लागि नेपालका अवैतनिक महावाणिज्यदूतसमेत रहनुभएका खेतानले त्रिभुवन विश्वविद्यालयबाट एमकम गर्नुभएको थियो भने नेपालका दर्जनौं औद्योगिक तथा वाणिज्य कारोबारमा उहाँको संलग्नता थियो।

 

राष्ट्रिय विकास परिषद्का पूर्वसदस्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा सल्लाहकार, सार्क उद्योग वाणिज्य संघ, नेपाल जर्मन उद्योग वाणिज्य संघ, राष्ट्रिय मारवाडी परिषद्, अग्रवाल सेवा केन्द्र, हरि खेतान क्याम्पससहित दर्जनौं सामाजिक आर्थिक संघसंस्थामा रहिसक्नुभएका वरिष्ठ उद्योगपति खेतानले नेपालको आर्थिक, सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

 

उहाँका दुइ छोरा र दुइ छोरी छन्। उहाँले आफ्ना भाइ हरि खेतानका एक छोरा र तीन छोरीको पनि पालनपोषण गर्नुभएको थियो।

 प्रसिद्ध उद्योगपति खेतानको बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरियो। उहाँलाई वरिष्ठ राजनीतिज्ञ, मन्त्री, देशका प्रतिष्ठित उद्योगी-व्यवसायी, पत्रकार, बैंकर्स तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।

नेपाल समाचारपत्र

Add by New World Cyber phone : 01-5572809

April 28, 2007 + Posted in आवाज, समाचार र बिचार +


2 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/04/28/p151/trackback/

  1. sad news

    Comment by Happy — April 28, 2007 @ 5:15 pm

  2. ramro manche theyo marecha tara k garnu marnai parcha
    nepali udyog jatat lai naya aayam dine manche ko roop maa sadai samji rakne chau

    Comment by soiamd — April 29, 2007 @ 7:10 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.