फुर्सद डट कमको म्युजिक रिमिक्स
नेपाली गीतसंगीतको ईन्टरनेटमा धेरै गीतहरु राखेर चर्चामा आएको वेबसाईट फुर्सद डट कमले गीतहरु को बिच-बिचमा ” This song is Downloaded From fursad dot com” भन्ने राखेर गीतहरुको भाबलाइ अर्कै बनाइदिएको भान हुने गरेको छ । ईन्टरनेटमा रेडियो चलाएर सम्पूर्ण बिश्वभरिको नेपाली संगीत प्रेमिलाई नेपाली गीतसंगीत सुन्न सजिलो बनाएको फुर्सद डट कममा डाउनलोड गर्न राखेको गीतहरुको बिच-बिचमा आफ्नो बिज्ञापनराखेर गीतको बिच- बिचमा Rap हो कि जस्तो भन्ने भान गराएको छ ।
मैले भर्खरै बजारमा आएको चर्चित ब्यान्ड “दि एक्स” को गीत “एउटा चिठ्ठीको सहराले तिम्रो मन जित्न चाहन्न म” भन्ने गीत डाउनलोड गरेको थिए, यो गीत सुन्दा त म त छक्कै परेँ । पहिला पहिला को गीतमा त सुरुमा र अन्तमा बिज्ञापन सुनेको थिए तर यो गीतमा त बिचमा आउने म्युजिकमा पनि फुर्सद डट कमको बिज्ञापन राखेको रहेछ । यसरी राख्दा गीत सुन्दा गीत नै अर्को भन्ने जस्तै भान हुने रहेछ । बिश्वको कुना काप्चामा पनि नेपाली गीत संगीत पु-याउने साईटमा यसरी बिज्ञापन राखेर गीतको भाबलाई अर्कै बनाउने हो भने कसरी नेपाली गीतसंगीत राम्रो सँग फस्टाउन सक्छ त ।
गीत संगीतमा यसरी बिच-बिचमा बिज्ञापन राख्नु ठीक हो ?
March 11, 2007 + Posted in आवाज, साईबर संसार, गीत-संगीत +
ho kura thikai ho…tara bina bigyapan ..kasari chalaune ta site….hoina ra..so we must take it as positive part…
<-------------------------------------------------------------------------------------------->
ToxicTouch जी कुरा साईटको होइन । कुरा गीतको हो यसरी गीतको बिच-बिचमा आफ्नो बिज्ञापन राख्दा राम्रो गीत पनि नराम्रो जस्तो हुन्छ । गीतको सुरुमा र अन्तमा मात्रै राखे भाई हाल्यो नि राख्नै पर्ने भए !!
Comment by ToxicTouch — March 12, 2007 @ 6:48 am
prachar garne aafno aafni idea huncha ni broder
Comment by HAPPY — March 12, 2007 @ 8:10 pm
Yastai Ho Aaphono Websize Chalaiuna Bhanayapane Yasto Ta garnai Paryo Ne Ke Hoina?
Comment by Rj Neupane — March 24, 2007 @ 10:17 am