- ToxicTouch(Laija_Chari)

जुन भैई आउ भनेको त
तिमी  तारा बन्न पुगेछौ ।
खाने पानि घर मै ल्याइदीए तर
पानि पीउन पधेरा पुगेछौ ।।  

तर केहि छैन……………

चप्पल् त राम्रै थिए
पैदल् हिड्न लाज लाग्छ रे।
बिना बाइक सडक हिडे
लाज शर्म भाग्छ रे।।  

तर केहि छैन………..

नमस्कर आमै…म भन्दै गएँ….खोइ त कान्छि
मसेउरा हाल्दै भनिन्  
छोरि त चार् पाङ्ग्रे चडि गैछ
सुरबाल्  छोडि पाइन्ट लाउने भैछ।।  

तर  केहि छैन…..  

आफ्नो त अमुल्य हृदय मात्र हो  
टाडै बाट दुर्गन्ध आउथ्यो।
उनि त चार्लि सेन्ट मा पल्किछन्
अनि त के को अमुल्य हृदय ले भ्याउथ्यो

तर केहि छैन…..  

सोचे बिहे गरि ल्याउ  
दुइ प्रेम् अमर् बनाउ
तर उ त पल्लो गाउँ मा रैछ  
थाहा पाएँ  अस्ति जो पोइला  गैछ  

तर …… तर पनि केहि छैन……..

Tell a Friend