To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

परदेशिको जिवन ...

                                                                  - NepaliGal(Rose4Ever)

आशै-आशामा अल्‍झिएर बहदा बहदै
जिवनका हरेक पल पलमा
मेरा प्‍यारा विहानिहरु छुटे
मिलनका साथ टुटे, यादहरु टुटे
अनि प्रत्‍येक सम्‍झनाका लहरहरु टुटे

समुन्‍द्रको छालहरुसंग जुद्‌दा-जुद्‍दै
समयको हरेक कण-कणमा
मेरा गाउँहरु छुटे, बस्‍ति छुटे
अनि प्रत्‍येक देशका नक्‍साहरु टुटे

संघषैको मैदानमा उभिदा-उभिदै
हराएर म आज अजनवि बन्‍दा
मेरा बैसालु भाकाहरु छुटे, मायालु छुटे
अनि मेरा जिवनका प्रत्‍येक रेखाहरु टुटे

जिवनको लामो बाटोमा यात्रा गर्‌दा-गदै
मरभूमिमा एक्‍लै हुँदा
मेरा प्‍यारा गोरेटो बाटाहरु छुटे,मैदान छुटे
अनि मेरा जिवनका प्रत्‍येक भाग्‍यहरु फूटे

मानिसहरुका भिडमा हराउँदा-हराउँदै
पृथ्‍विको छितिजपारि सम्‍म पुग्‍दा
मेरा प्‍यारा आफन्‍तहरु छुटे,पराई छुटे
अनि मेरा आँखाका प्‍यारा आँसुहरु टुटे

मिरमिरे विहानिको प्रतिक्षामा रहदा-रहदै
हाँसो र आँसुको दोसाँझमा
मेरा प्‍यारा रातहरु छुटे,दिन छुटे
अनि मेरा जिवनका प्रत्‍येक सपनाहरु टुटे.

February 27, 2007 + Posted in आवाज, अतिथी कक्ष, लेख रचना +


8 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/02/27/p113/trackback/

  1. Nepali gal le ta jhakas jhakas kabita lekhdo rahi chha :D

    Comment by Happy — February 28, 2007 @ 10:00 am

  2. This poem speaks for a lot of individuals who are on exile(prabash ma) due to various constraints and circumstances. The writer is drenched in feeling, motivated by sheer experience in pragmatic life, and dives into the hearts of those who have undergone a long suffer of an incomplete journey in an utter hope of succombing it. Keep writing Mr or Mrs or Miss pen over there.

    Comment by Rai keto — February 28, 2007 @ 10:11 am

  3. आन्तरिक मनोभाबनाहरु छरपस्ट रुपमा कबिताको माध्यामबाट पोख्नुभएको कबिबरलाई धेरै धन्यबाद । बास्तबिक धरातलमा उभिएर लेख्नुभएको हजुरको रचना स्रहनिय छ । अफ्नो ठाउँ छाडेर हिड्ने प्रत्येक ब्यक्तिको यथार्थ हो यो । कलम चल्दै जाओस । आउँदा दिनमा पनि अझ बढी पढ्न पाउँ भन्ने कामना ।

    Comment by अल्पबिराम ! — February 28, 2007 @ 10:31 am

  4. साह्रै राम्रो छ keep it up…..

    Comment by TT — February 28, 2007 @ 4:27 pm

  5. ngggggggggggggggggggggggggg!! awesomeeee!!
    i loved thattttttt!! hope to hear more from uuu! tataaa!

    Comment by Krowley — March 1, 2007 @ 8:28 am

  6. lau dami cha hai
    keep it up…..........

    Comment by rockchap — March 1, 2007 @ 10:49 am

  7. कबीता लेख्न्ने कबीवर लाई धेरै-धेरै धन्यबाद यस्तै गर्दै नेपाली सहीत्यलाई माया गर्दै जाने हो। भने भबीस्य लाईपनी राम्रो हुन्छ।

    Comment by राजेन्द्र — March 2, 2007 @ 8:40 am

  8. Thank u Sathii haru poem mann paraidiyako ma Thank u so much…........

    Comment by nepali_gal — March 7, 2007 @ 7:27 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.