के प्रेतको अस्तित्व सम्भव छ त ?
— "गोबिन्द प्रसाद न्यौपाने"
परामनोविज्ञानले प्रेतको अस्तित्वको बारेमा पनि खोज गरिसकेको छ । अमेरिकाको "आइवा सेन्टर फर पारानर्मल रिसर्च इन्स्टच्युट" नामक परामनोवैज्ञानिकहरुको संस्थासँग सम्बद्ध प्रेत अनुसन्धानकर्ताहरुको एक टोलीले सन् २००१ जुलाई २८ को साँझ ७:५५ बजे "प्लिजेन्ट रेज’ चिहानघारी नामले चिनिएको "थर्टिन स्टेयस्र" भन्ने ठाउँमा एक अनुसन्धान गरेका थिए । सर्वप्रथम उनिहरुले एम्बियन्ट डिजिटल थर्मामिटरको सहायताले अलौकिक शक्ति भएको सो ठाउँको पहिचान गरेका थिए ।
त्यस परिक्षणको लागि उनिहरुले टाइफिल्ड नेचुरल इ.एम.एफ. मिटर नामक यन्त्र प्रयोग गरे जसलाई घोस्ट डिटेक्टर भनी नामाकरण गरिएको छ । त्यस स्थानमा घोस्ट डिटेक्टरको क्षेत्रफल २ देखि ६ सम्म र गज मास्टरको रिडिङ ४.५ थियो । अनुसन्धानको सिलसिलामा यन्त्रको सुई हल्लिनुको पछाडी त्यहाँ असाधारण शक्ति रहेको उनिहरुले बताएका छन् । सुईले संकेत दिएको दिशामा सोनी मुभिका एफ.डी. ७ डिजिटल क्यमेराले खिच्दा गोलाकार ज्यतिपुजको आकृति बन्यो ।
प्रेतको फोटो खिच्ने क्यामरा
![]()
अनुसन्धानबाट त्यो चिहानघारीमा अनौठो शक्तिको स्रोत भएको कुरा पत्ता लाग्यो। खोजकर्ताहरुले त्यस स्थानमा विद्युतिय शक्तिको प्रभावले त्यस्तो काम नभएको निष्कर्षसमेत निकालेका छन्। सो अनुसन्धानले समाजमा भुत प्रेत पिशाच आदी नामाकरण गरिएका अमुर्त चीजहरु कतै यस्तै शक्तिको एक रुप त होइन भन्ने सोच्न बाध्य बनाएको छ ।
आजसम्म कसैले पनि भुतप्रेत छ भनेर ठोस प्रमाण देखाउन सकेका छैनन् तर परामनोविज्ञानले गरेको खोजअनुरुप हालसम्म प्राप्त निष्कर्षका अधारमा त्यहाँ पनि एक प्रकारको शक्तिको उपस्थितिलाई भने पूर्णत: नकार्न सकिदैन ।
February 23, 2007 + Posted in आवाज, अचम्मका कुरा +
gost aabui dar po lagyo malai ta
Comment by Happy — February 23, 2007 @ 11:04 am
i belive on it
i know that gost are there on the earth
thank you govinda jee
Comment by samer — February 24, 2007 @ 7:11 pm
ramro cha topic..
Comment by TT — February 25, 2007 @ 6:02 pm
Ramro cha ….damizzzzzzzzz
Comment by rose4ever — February 27, 2007 @ 5:55 pm
मान्छेको फोटो खेच्नी क्यमेरा ता था थीयो। तर बैज्ञानीक को अनुसन्धान ले यस्तो भुत को फोटो खीच्नी कुरा पनी पत्ता लागेछ खु:सी लाग्यो। जानकारी दीएको मा धन्यबाद।
Comment by राजेन्द्र — March 2, 2007 @ 9:06 am
o ho ra frn tapai hami nai bhut ho k
Comment by janji — March 7, 2007 @ 10:00 pm