- Nepali_Gal (Rose4Ever)
एक दिन दुई प्रेमी घुम्न गएछन अनि उनिहरु गफ गर्न थालेछन । यत्तिकैमा प्रेमिले प्रेमिका लाइ भनेछ तिमिलाइ यो संसारमा शबै भन्दा बढि माया कस्को लाग्छ प्रेमिकाले पनि भनिछ मलाइ त यो संसारमा सबै भन्दा बढि माया तिम्रो लाग्छ प्रेमिले उत्सुक हुँदै भनेछ हो र मलाइ पनि यो संसारमा सबै भन्दा बढि माया मेरो नै लाग्छ भनेछ।
****************
धरै समय पछि एक दिन दुईवटा लामखुट्टेहरु भेट भएछन् र कुरा गर्ने क्रममा एकले अर्को लामखुट्टेलाई भनेछ- "जव देखि मैले मान्छेको रगत खान छाडेको थिएँ, तव देखि मेरो पेट राम्ररी भरिएको छैन, यार ! के खाने होला ?" अर्को लामखुट्टेले- "तिमीले किन मान्छेको रगत खान छाडेको यार ?" पहिलो लामखुट्टेले- "(निरास हुँदै) के गर्ने? हिजो आज मान्छेहरुको रगतमा एड्सको खतरा छ नि यार !"
****************
हात्ती र कमिला
(दुई जना कमिला एक आपसमा गफ गर्दै)
पहिलो कमिला: ए साथी उता हेर त
एउटा हात्ती यता आउदैं छ
त्यसलाई ठीक पार्ने हो ।
दोस्रो कमिलाः भैगो छोडिदेउ
बिचरो एक्लै छ
****************
पापी आमा
गर्भवती आमाको काखमा बसेर ३ बर्षकी मेमोरी खेलरहेकी छे ।
मेमोरीः (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको ।
मम्मीः नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ ।
मेमोरीः हजुर त कस्तो पापी !
मम्मीः किन नि ?
मेमोरीः त्यति सानो बाबुलाई किन खानुभएको त !
****************
मोटे ख्याउटे
एउटा मोटो मानिस बसको सिटमा गजधम्म परेर बसिरहेको थियो । त्यतिकैमा एउटा ख्याउटे मानिस बसमा चढ्यो । मोटे सिटमा बसेको देखेर उसले ब्यंग्य गर्दै भन्यो:
ख्याउटेः यो बसमा त हात्तीहरुले मात्रै बस्न पाउने हो कि क्या हो ?
मोटे: हैन, आउनोस् न, गधाहरुलाई पनि सिट खाली छ ।



Hello Nepali gal(Rose4Ever)
Jokes ta dami rahechha ni ta
malai aru pani padhna man lagyo
aru pani chha bhane publish gara na hai.
Sailesh
Comment by sailesh — February 16, 2007 @ 12:39 pm
Hello;;Joks Ta harip Chha Ne Ta Ho Kaha Bata Aayako Ho Yatro Baba.
Comment by Rajendra Neupane — February 16, 2007 @ 4:38 pm
Wo. Jaks Chi Thaki Chha La Malai Pane Man Paryo La La Thaki Chha. Suvakamana Chha La.
Comment by Binod Chaurel — February 16, 2007 @ 4:39 pm
jhakas cha ni ho jokes ta
Comment by Happy — February 16, 2007 @ 4:54 pm
Hehe 1st of all thanks to aawaz…, n thanks all of you ….thank u so much
Comment by nepali_gal — February 17, 2007 @ 8:34 am
cool.keep it up.
Comment by ranju — February 17, 2007 @ 9:02 am
hahaha damizzz cha joke
Comment by SouLmAnTrA — February 18, 2007 @ 9:18 am
Bindas cha jok. sadhai yastai jokes padhna pau.
Comment by shaankar dahal — July 11, 2008 @ 3:44 pm