बिशालको प्रेम पत्र
[यो प्रेम पत्रमा कति वटा गित समावेस भएका छन् होला कृपया कमेन्टमा लेखीदिनु होला ]
बिशाल भन्डारी मिती :-बिसाल संबत १७-७-११
प्रिय,
सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे । छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु । किन मलाई यस्तो गर्यौ म त तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, म प्रेममा जिवनको पहिलो पटक परेको छु , हो…… हो…… मेरि माया, माया गर्छु तिमिलाइ म, माया लाउँन त धेरैले खोजे, बाटो हिड्नेले धेरैले हेरे, तर यो मनले रोज्यो तिमिलाइ, हरपल तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई, त्यसैले आज म तिमिलाइ माया ओ माया म गर्छु तिमिलाइ नै भन्न चाहन्छु । त्यसैले स्विकार नकार खुसि तिम्रो नै चाहन्छु तिमिलाइ अन्तिम सास रहुन्जेल सम्मै I love u, तिमि मस्किदा अनि जिस्किदा छिन छिन मै रिसाउँदा मेरो मनमा हलचल मचाउँछ , तर तिमिले हेर्दा कसैलाइ गाह्रो हुन्छ यो मनलाइ , तिमिलाइ थाहै होला तिमि रुँदा एक्लै हुँदा म पनि त रोएको थिएँ, हुन त माया जोखेर जोख्न सकिन्न तर कसरि भनुँ कत्ति माया गर्छु म, कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् । त्यसैले अब तिमिले मेरो मनको कुरा बुझ्यौ होला । जब सम्म जिवन रहन्छ तिम्रो लागि माया रहन्छ भन्ने कुरा सधे याद राखि राख, मैले मेरो मनको कुरा तर तिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन । हुन त जिन्दगिको के भरोसा, मैले मेरो मनको कुरा पुरा गर्न शिबजिलाइ भनेको थिए तर शिब मान्दै मान्दैन, अब तिम्रो पालो हो मेरो मनको कुरा बुझ्ने । माया मलाइ गर या नगर म तिमिलाइ माया गर्छु, सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा ज्युने गर्याछु तिमिले मलाइ टुक्र्याए पनि म आफ्नै आगनमा इनार बनाउने छु, साँझको बेला झरि परे झैँ लाग्ने म टुट्नु थियो टुट्यो मुटु अब जोड्दिन भनेर चित्त बुझाउँला । लाग्छ मलाइ तिम्रो ह्रिदयमा मेरो लागि प्रेम पालाउनै सकेन छोडेर जान्छु भन्छौ तिमि तर मैले चाहेको त्यस्तो होइन भन्ने तिमिलाइ थाहा छैन होला । अब म माया गर्छु मात्र तिमिलाइ एक बार होइन जुनि जुनिलाइ भन्दै अहिलेलाइ दिन पनि बित्यो रात पनि बितयो त्यसैले सम्झिनेलाइ सम्झना मुटु भरिको माया तिमिलाइ भन्दै बिदा हुन्छु
उहि तिमिलाइ माया गर्ने
बिशाल
January 14, 2007 + Posted in अतिथी कक्ष, लेख रचना, गीत-संगीत +
khoi k thaha ra kati wota geet cha kati wota geet cha ma ganera bholi lakhula hai
Comment by Happy — January 15, 2007 @ 8:47 am
nice one brod ..keep it up.. aa copy n paste gare ra gf lai dinu pryoo hehheh,.. ni geet chai 10-20 hola
Comment by _ aka dharke — January 15, 2007 @ 8:57 am
This site is very nice. Thanks for visiting my site. Contionue u update this site…
that’s my advice…..
Comment by Sameer Nyaupane — January 15, 2007 @ 10:07 am
wow damizz cha ….Mann pareyo ….so sweet…
Comment by Rose — February 16, 2007 @ 8:01 am
lau dami cha hai
kati ota cha
maile patta lagauna sakina
Comment by rockchap — February 16, 2007 @ 10:19 am