To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

सद्दामलाइ फाँसी

      इराकि पुर्ब राष्ट्रपति सद्दाम हुसेनलाइ नेपाली समय अनुसार २०६३ पौष १५ गते बिहान पौने ९ बजे फाँसि दिइएको छ । आफ्नो शासनकालमा अत्‍याचारको सिमापार गरेका, इराकमा अमेरिकी आक्रमणपछि माकुरे दुलामा लुक्न बाध्य हुसेनलाइ अमेरिकि सेनाले सन् २००३ डिसेम्बर १३ मा पक्राउ गरेको थियो । सद्दामलाइ फाँसिको सजाय सुनाइएको धेरै भएको छैन र कसैलाइ पनि सद्दामलाइ यति छिटो फाँसि दिइएला भन्ने ठानेका  थिएनन् । सद्दामलाई  फाँसि दिइएको भिडियो मैले यहा राखेको छु हेर्नको लागि भित्र आउनु होला..


  दोस्रो भिडियो मोवाइलबाट खिचिएको भनिएको छ यि भिडियो मैले लाइभ लिक डटकमबाट लिएको हुँ


 सद्दामलाइ फाँसि दिइदै गरेको दृष्य 


 उक्त फाँसिको बारेमा कान्तिपुर समाचार पत्रमा छापिएको समाचार

मानव सभ्यताविपरीत सद्दामलाई फाँसी

कास
विराटनगर, पुस १५ – प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सद्दाम हुसेनको मृत्युदण्ड मानव सभ्यताविपरीत भएको प्रतिक्रिया दिएका छन् । गृहनगर विराटनगरमा शनिबार सञ्चारकर्मीसित कुरा गर्दै उनले मृत्युदण्ड दिने चलन विश्वबाटै हटाउनुपर्ने विचार व्यक्त गरे ।
‘मानव सभ्यता विकास क्रममा यो समयमा आएर मृत्युदण्ड राम्रो होइन । नेपालले मृत्युदण्डको सजाय धेरैअघि हटाइसकेको छ । कसैलाई पनि मृत्युदण्ड दिने कुरा राम्रो होइन, यसलाई विश्वबाटै अन्त्य गर्नुपर्छ,’ कोइरालाले भने ।

त्यस्तै, घटनाको नेपाली राजनीतिक दल, मानव अधिकारवादी र मुस्लिम संघसंस्थाहरूले पनि कडा विरोध गरेका छन् । ‘अमेरिकी कठपुतली सरकार’ ले मानव अधिकारका पक्षमा उठिरहेको विश्वव्यापी आवाजलाई लत्याउँदै फाँसी दिएर मानवताविरोधी अपराध गरेको उनीहरूको टिप्पणी छ ।

एमालेले एक्काइसौं शताब्दीमा फाँसीको सजाय मानवताविरोधी भन्दै भर्त्सना गरेको छ ।

 उक्त फाँसिको बारेमा गोरखापत्रमा छापिएको समाचार

सद्दाम हुसेनलाई मृत्युदण्ड [ 2063-9-16 ]

Join FriendFinder – Largest Premium Personals Site!


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १५ गते । विश्वकै तानाशाह भनेर चित्रित गरिएका इराकका पर्ूवराष्ट्रपति सद्दाम हुसेनलाई आज इराकको बगदादमा झुण्ड्याएर मृत्युदण्ड दिइएको समाचार विभिन्न अन्तर्रर्ााट्रय संस्थाहरूले पठाएका छन् ।

एपीले बगदादबाट पठाएको समाचारमा सद्दामलाई नेपाली समय करिब ८ः४५ बजे झुण्ड्याइएको र त्यसबेला इराकमा भरखर बिहानको उज्यालो हुन लागेको थियो ।

कालो कोट, ट्राउजर र टोप लगाएर मृत्युदण्डका लागि तख्तामा चढाउन लगिएका सद्दाम अन्तिम क्षणमा पनि कति पनि विचलित देखिएका थिएनन् ।

उनलाई घाँटीमा डोरी लगाउनुभन्दा केही क्षणअघि उनको टोप फुकाल्न लगाइएको एसोसिएट प्रेसले बगदादबाट पठाएको समाचारमा जनाइएको छ ।

उनलाई झुण्ड्याउनुअगाडि केही भन्नु छ कि भनेर सोधिएको थियो तर सद्दामले त्यसको जवाफमा “छैन, म केही भन्न चाहन्न”, भनेको झुण्ड्याउने स्थानमा उपस्थित अल अस्कारीलाई उद्धृत गर्दै पठाइएको समाचारमा जनाइएको छ ।

उनलाई तख्तामा चढाउन लगिएपछि उनले आफ्नो मुख छोप्न इन्कार गरेका थिए र मुख छोप्ने कपडा घाँटीमा बाँधिएको थियो । उनको घाँटीमा डोरी लगाउनुपहिले सद्दामले चिच्याएका थिए- “ईश्वर महान् छन्”, देश विजयी हुनेछ र प्यालेस्टाइन अरब हो, अल अस्कारीले बताउनुभयो ।

सद्दामलाई पर्ूव सैनिक गुप्तचर संस्थाको मुख्यालय भएको स्थान अर्थात बगदादस्थित काजीमिया नजिकै झुण्ड्याइएको थियो । सोही स्थानमा विगतमा सद्दामले धेरैलाई झुण्ड्याएर मृत्युदण्डको सजाय दिने गरेको प्राप्त समाचारमा जनाइएको छ ।

सद्दामलाई इराकी अदालतले ५६ दिनअघि सद्दामलाई इराकको डुजाइल क्षेत्रमा १४८ जनाको हत्यामा उनको हात रहेको आरोप सावित गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

इराकको माथिल्लो अदालतले सद्दामको पुनरावेदनलाई अस्वीकार गर्दै उनलाई ३० दिनभित्र मृत्युदण्ड दिन आदेश दिएको थियो ।
यसैगरी राससका अनुसार इराकी पर्ूवराष्ट्रपति सद्दाम हुस्सेनलाई मृत्युदण्ड दिइएको घटनालाई ‘दुखान्त’को संज्ञा दिँदै भ्याटिकनले कडा निन्दा गरेको छ ।
होलि सिका प्रवक्ता फेडेरिको लोम्बार्डर्ीीरा प्रकाशित एक विज्ञप्तिमा सद्दामको हत्याले बदलाको भावनालाई वृद्धि गर्न मलजल गर्ने र इराकमा थप नयाँ हिंसात्मक घटनाहरू हुने उल्लेख गरिएको छ ।
“कुनै पनि व्यक्तिको हत्या गरेर न्यायको निर्माण हुन सक्दैन र मेलमिलापको समाज बनाउन सक्दैन । बरू बदला लिने भावनालाई जीवन्त तुल्याइएको हुन्छ ।”
लिवियाले इराकी अपदस्थ राष्ट्रपति सद्दाम हुस्सेनको निधनमा दुःख प्रकट गर्न तीन दिनसम्म शोक मनाउने घोषणा गरेको छ । लिवियाको राष्ट्रिय ध्वजा आधा झुकाइनुका साथै सबै प्रकारको इद उत्सव पनि रद्द गरेको घोषणा गरेको छ ।
लिवियाका राष्ट्रपति मोहमद गद्दाफीले सद्दामलाई दिइएको न्यायिक फैसला गैरकानुनी भएको भन्दै स्व. सद्दामलाई अन्तर्राट्रिय न्यायालयमा राखी छानबिन गर्नुपर्ने बताउनुभयो ।

December 31, 2006 + Posted in समाचार र बिचार, नेपाल बाहिर +


Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2006/12/31/p74/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.