To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

सद्दामलाइ फाँसी

      इराकि पुर्ब राष्ट्रपति सद्दाम हुसेनलाइ नेपाली समय अनुसार २०६३ पौष १५ गते बिहान पौने ९ बजे फाँसि दिइएको छ । आफ्नो शासनकालमा अत्‍याचारको सिमापार गरेका, इराकमा अमेरिकी आक्रमणपछि माकुरे दुलामा लुक्न बाध्य हुसेनलाइ अमेरिकि सेनाले सन् २००३ डिसेम्बर १३ मा पक्राउ गरेको थियो । सद्दामलाइ फाँसिको सजाय सुनाइएको धेरै भएको छैन र कसैलाइ पनि सद्दामलाइ यति छिटो फाँसि दिइएला भन्ने ठानेका  थिएनन् । सद्दामलाई  फाँसि दिइएको भिडियो मैले यहा राखेको छु हेर्नको लागि भित्र आउनु होला..

(more…)

December 31, 2006 + Posted in समाचार र बिचार, नेपाल बाहिर + No Comments »


नेपालका अस्पताल बन्द

    डाक्टरको लापवाहिको कारणले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डाक्टरमाथि हातपात गरे पछि नेपालका अस्पतालको आकश्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । यसरि अस्पताल बन्द हुँदा सर्बसाधरणलाइ ठुलो मर्का परेको छ । यहा त धान खाने मुसो चोट पाउने भ्याकुत्तो झै भएको छ, एउटाले गल्ति गर्दा अरु सर्बसाधारण पनि मर्कामा  परेका छन । खै के गर्न लागेका हुन्, यो देशमा  एउटा न एउटा समश्याले पिरोलिरहने भो ।

December 28, 2006 + Posted in आवाज + No Comments »


यस्तो छ यहाँ.........

       आज नेपालमा इन्टरनेट एकदमै स्लो छ, कुनै पनि साइट खोल्न मिलिरहेको छैन । कता कता नेपाल बाहिरको समस्याले गर्दा नेपाल भरि नै कनेक्सन राम्रो छैन । बल्ल तल्ल ब्लगसम चाहिँ खुल्यो र मैले येति लेख्न पाए, wlink को कनेक्सन मात्र राम्रो छ तर अरु त …..उहि हो ।

December 27, 2006 + Posted in आवाज + No Comments »


कहिले आउला नेपालमा........??

Laptop costing $100रु.१०० डलरमा पाइने यस्ता ल्यापटप कहिले आउलान त नेपालमा ??

  कम बिकशित र गरिबीको रेखा मुनि रहेका बालबालिकाको लागि भनेर ओएलपीसीबाट   तयार गरिएको यस्ता ल्यापटप रु.१०० डलरमा पाइन्छ । यो बजारमा पाइदैन र  कम्पनिले सरकारलाइ मात्र बेच्दछ ।  थप जानकारिको लागि यहा क्लिक गर्नुहोस्

December 26, 2006 + Posted in आवाज, साईबर संसार + No Comments »


तरबार बोके लिटिल बुद्धले

   Little buddha ६ बर्ष पछि मात्र फर्कने भनि गत बर्ष फागुदेखि हराएका तपस्वी राम बहादुर बम्जन आइतबार बाराको चारकोसे झाडिमा तरबार बोकेको अबस्थामा भेट्टिएका छन् ।   शान्तिको बाटोमा हिडेकोले किन तरबार बोकेको भन्ने प्रश्नमा उनले आफ्नो सुरक्षाकोलागि भने ।

(more…)

+ Posted in समाचार र बिचार + Comments (3)