चारको महत्व
मेरो बाबुबाजेले भन्ने गर्नुहुन्थ्यो तिमी आफ्नो शत्रुबाट त सजक छौ तर सफल भन्ने हो भने आफन्तबाट सजक बन किनकी तिम्रो कुभलो चिताउने तिम्रै आफन्त हुन्छन र यी कुराहरु ध्यानमा राख ।
चार कुरा
बुढाबुढिलाई आदर गर्नु पर्छ
असहाएकलाई स्नेह गर्नुपर्छ
बुद्धिमान ब्यक्तिसँग सल्लाह लिनुपर्छ
मुर्खसँग कहिल्यै रहनु हुँदैन
चार खराब
आगो, ऋण, रोग र पाप
चार चिज फर्कन्न
निस्केको बोली, बितेको समय, बिर्सिएको धन, बाण
चार चिजमा मान्छे बिग्रिन्छ
जवानी, धन,अधिकार र अबिबेक
चार चिजमा भरोसा नगर्नु
अनियन्त्रीत मन, शत्रु, स्वार्थ र अकुशल ज्योतिषको भबिष्यबाणी
चार चिजमा बिश्वास राख्नु
सत्य, पुरुषार्थ, निस्वार्थ र सच्चा मित्र
November 30, 2006 + Posted in आवाज +
राम्रो छ
Comment by susma — November 30, 2006 @ 12:47 pm