जलस्रोतको धनी देशमा बिद्युत आपुर्ती कम
नेपाल, भुपरिवेश्ठित देश भए पनि जलस्रोतमा संसारमा नै दोस्रो धनी देशमा गनिन्छ तर जलश्रोतमा यती धनी भएर पनि बिदेशबाट(india )बाट बिद्युत किन्न लागिरहेको छ । हालैको लोडसेडिङ्लाई केही मात्रामा भए पनि कम गर्नको लागि मंसिरबाट ५० मेगावाट आयात हुने भएको छ ।
नेपालमा यती धेरै बिद्युत उत्पादन गर्न सकिन्छ कि जुन नेपाल बाहिरको अन्य देसहरुलाई पनि बेचेर नेपालले ठुलो आर्थीक लाभ लिन सक्दछ तर बिभिन्न कारणले गर्दा नेपालको बिद्युत उत्पादन क्षमताम ह्रास आइ नेपाली जनताले लोडसेडिङ्को समस्या भोगिरहेको अवस्थामा भारतबाट बिद्युत आयत हुनु राम्रो कुरा त हो तर नेपालले कतिन्जेल सम्म किनेर बिद्युत आपुर्ती गर्ने गर्न सक्छ? आफुसँग भएको श्रोत र साधनको सही सदुपयोग गर्न नसक्दा नेपालीहरुले यो समस्या भोगिरहनु परेको छ ।
खै अब कतिन्जेलसम्म दिने हो भारतले पनि बिद्युत?
अनि फेरी भारतले बिद्युत दिन छाडेपछि पुन: नेपालीहरुले लोडसेडिङ त भोग्न पर्ने होइन ? ? अनि फेरी मैनवत्ती बालेरै बस्नु पर्ने त होला नि !
October 18, 2006 + Posted in आवाज +