बन मन्त्री बोकेको हेलिकप्टर हरायो
देशभरि राष्टिय शोक
सरकारले बुधवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक बिदा दिइनुका साथै राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
अपडेट: 12.16 -असोज १०
शब उठाउँन उद्दार टोली घटनास्थल तर्फ गएपनि खराब मौशमको कारण घटनास्थल सम्म पुग्न सकेको छैन । घटना सम्बन्धित थप जानकारी लिन र घटनाको तस्वीर खिच्न घटना स्थल तर्फ गएका पत्रकारहरु पनि खराब मौसमको कारण सुकेटारमा बस्न परेको छ ।
अपडेट: 3:15
७ असोजदेखि हराई रहेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार राज्यमन्त्री लगाएत २४सै जनको मृत्यु भैसकेको छ
७ असोजदेखि ताप्लेजुङमा हराई रहेको हेलिकोप्टरको खोजी कार्यमा ८ असोजको विहानदेखि ५ वटा हेलिकोप्टर, सेना र प्रहरीको टोली पैदल परिचालन गरिएको भए पनि अझैंसम्म पनि पत्तो लाग्न सकेको छैन। श्री एयरको होटल जुलियट अल्फा हेलिकोप्टर लेलेप गाविसको वडा नं.९ घुन्साबाट उडेको केही समयपछि नै ठूलो आवाज आएको स्थानीए बसिन्दाहरु बताउछन ।
उक्त्त हेलिकोप्टरमा प्रसिद्ध भुगोलविद डा.हर्क गुरूङ, विश्व वन्यजन्तु कोष नेपालका प्रमुख डा.चन्द्रप्रसाद गुरूङ, राज्यमन्त्री राईकी पत्नी, वन मन्त्रालयका सचिव दामोदर पराजुली, वन विभागका महानिर्देशक शरद राई, वन मन्त्रालयका मोहनप्रसाद वाग्ले, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. नारायण पौडेल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय श्रेष्ठ, नेपाल टेलिभिजनका पत्रकार हेमराज भण्डारी र क्यामेराम्यान सुनिलकुमार सिंह, व्यवसायी दावा छिरिङ सेर्पा, विश्व वन्य जन्तु संरक्षण कोष वेलायतका संरक्षण निर्देशक डा. जिल वउलिङ, विश्व वन्य जन्तु संरक्षण कोष अमेरिकाका मिग्मा नोर्बु शेर्पा, एशियन राइनो कन्जर्भेसनका उपाध्यक्ष डा. तीर्थमान मास्के थिए। त्यसै गरी, हेलिकप्टरमा फिनल्यण्ड राजदुतावासका चार्ज डे एफेयर्स पाउली मुस्टोनेन, अमेरिकी सहायता विकाश नियोगका डा. मार्गरेट अलेक्जेण्डर र डा. विजान्न आचार्य, विश्व वन्य जन्तु संरक्षण कोष वेलायतका संयोजक जेनिफर हेड्ली, विश्व वन्य जन्तु संरक्षण कोष नेपालका वरिष्ठ कार्यक्रम अधिकृत श्रीमति येसी लामा, कञ्चनजंघा संरक्षण क्षेत्रका दावा छिरिङ शेर्पा, म्याथ्यु प्रिसलगायत चालक दलका क्याप्टेन क्लिम किन, चालक मिंग्मा छिरिङ, स्याफ्रोन भ्यालरी र टण्डु श्रेष्ठ छन्।
September 25, 2006 + Posted in समाचार र बिचार, Breaking News +