आवाज, समाचार र बिचारJuly 19, 2008 7:42 pm

नयाँ नेपालको राष्ट्रपती र उपराष्ट्रपती पदको लागि आज भएको निर्वाचनमा उपराष्ट्रपतीमा फोरमबाट उम्मेदवार बन्नु भएका परमानन्द झा बिजयी बन्नु भएको छ । राष्ट्रपतीमा भने कुनै पनि उम्मेदवारले स्प्रष्ट बहुमत ल्याउन सकेनन् । (बाँकी-भित्र…)

Tell a Friend
अतिथी कक्ष, लेख रचनाJuly 16, 2008 8:55 pm

  —राकेश कार्की/लस् एन्जेलस्

देश लुट्नेहरु लुटीरहेछन् अझै
जनता भुट्नेहरु भुटीरहेछन् अझै

शत्ति-बरदान दिने मतदातालाई नै
उल्टै नङ्ग्याएर चुटीरहेछन् अझै

(बाँकी-भित्र…)

Tell a Friend
आवाज, समाचार र बिचार, साईबर संसारJuly 10, 2008 2:41 pm

“अहिलेको हामी सँग port छैन , पछी आउनुस् न नभए कल गर्दै गर्नु भए हुन्छ “

यस्तै भन्छन NTC का ADSL दिन बसेका कर्मचारीहरु । सस्तो सेवा त देखाउने दाँत मात्र भएको छ NTC को सेवा । सुरु गरेकै केही महिनामै उपत्यकाको बिभिन्न अफिसहरुमा यस्तो भएपछी उपत्यका बाहिर यस्ले कसरी सेवा पुर्‍याउला त । NTC को ठेचोमा रहेको कार्यालयमा पोर्ट सकियो भनेको महिना दिन हुन लाग्दा पनि अहिले सम्म थपिएको छैन । (बाँकी-भित्र…)

Tell a Friend
आवाजJuly 8, 2008 3:49 pm

 

के हाम्रो माया पानीमा उठेको फोका हो  के माया प्रीति भनेको खेल हो  के कसैलाई माया गर्नु पाप हो  के उनी मेरा लागि योग्य छैनन्  के हाम्रो परम्परामा बाऊ बाजे आमा काकाले खोजेको केटी नै विवाह गर्नु पर्छ  के आफ्नो लागि आफैँले जीन्दगीसंग मिल्ने साथी खोज्नु नराम्रो हो  तर अंकल तपाईले मलाई एउटा दुश्मन सम्झेर पाप गर्दै हुनुहुन्छ ।

(बाँकी-भित्र…)

Tell a Friend
समाचार र बिचारJuly 7, 2008 5:12 pm

    केटीहरू किन असल, नम्र र भद्र केटाको साटो स्वार्थी, ढँटुवा, गफाडी, हाउडे र अभद्र केटाहरूलाई मन पराउँछन् ? यसको जवाफ वैज्ञानिकहरूले दिएका छन् । वैज्ञानिकहरूले पत्ता लगाएअनुसार वास्तवमा केटीहरू खराब केटाहरूप्रति स्वाभाविकरूपमा आकषिर्त हुन्छन् । तर, पुरुषहरू भने दयालु र विश्वासी महिलालाई मन पराउँछन् । निराश र एकल रहेका केटीहरू प्रायः आफंैलाई सोध्ने गर्छन्, ‘म किन सधैं ‘बास्टार्ड’ नै फेला पार्छु ?’ (बाँकी-भित्र…)

Tell a Friend
अतिथी कक्ष, समाचार र बिचारJuly 5, 2008 9:18 pm

म्याग्दी २१ असार म्याग्दी जिल्लालाई जोड्ने मालढुङ्गा बेनी मोटरबाटो कालोपत्रे गर्ने काम सुरु भएको छ ।
कालोपत्रे गर्नेकाम गत बर्षको चैत महिनाभित्रै सकिने लक्ष्य भएपनि संबिधान सभा निर्बाचनका कारण काम सुरु गर्न नसकिएको मोटरबाटो निर्माण समितीका अध्यक्ष टंक हमालले बताउनुभयो ।
कालोपत्रे गर्नेकाम गत हप्ताबाट मात्र सुरु भएको हो ।
एक दशकदेखी कालोपत्रे गर्ने प्रयास गरिदै आएको सो मोटरबाटो मा यस बर्षपनि बर्खा लागेका समयमा कालोपत्रे गर्दा सडक गुणस्तरीय हुन नसक्ने उपभोक्ताहरु बताउछन । (बाँकी-भित्र…)

Tell a Friend
अतिथी कक्ष, लेख रचना 12:55 pm

जब त्यो रात ढल्दै थियो मनमा आगो बल्दै थियो । सबै प्रेमका जुकाहरु मेरो शरिर चुस्नलाई ताकिरहेका थिए । यस बिशाल स्वार्थि काठमाडौ राजधानि भनाउदो शहरमा मेरा आफन्त कोहि थिएनन् । विगत बाह्र बर्षदेखि मच्चिदै आएको द्वन्दले गाउँु छोड्न विवश म तरुनि केटी बाटाका बाधा अबरोध पार गरी राजाको गाऊँमा शान्ति मिल्ने आशाले भरीएको मेरो मन एकाएक आफै रोहिरह्यो चित्कारपुर्ण र दुःखदायी भइ नै रह्यो । 

(बाँकी-भित्र…)

Tell a Friend
समाचार र बिचारJuly 4, 2008 9:26 pm

        ३२ वर्षअघि नेपालमा पर्यटक युवतीको हत्या गरेको अभियोगमा केन्द्रीय कारागारमा रहेका अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज २० वर्षे ठिटीको प्रेममा परेका छन् । शोभराज अहिले ६४ वर्षका भए, भेट्न आउने २० वर्षे प्रेमिका निहिता विश्वासलाई जेलमै चुम्बन गर्न थालेपछि प्रशासनले उनीहरूलाई भेट्न निषेध गरेको छ ।
     शोभराजका बाबु भारतीय र आमा भियतनामी हुन् भने निहिताका बाबु भारतीय र आमा नेपाली हुन् । शोभराज र निहिताको प्रेम बसेको दुई महिना पनि भएको छैन, तर प्रेम यति गाढा भएको छ (बाँकी-भित्र…)

Tell a Friend
हासो ठट्टा, लेख रचनाJuly 3, 2008 5:33 pm

एउटा समारोहमा चीनका सम्राटले अन्नामका राजालाई केही असाधारण ठुलाठुला आरुहरु उपहार दिए । ती आरुलाई ‘दीर्घजीवी बनाउने आरु’ भनिन्थे ।

उपहार शाही दर्शकहरुको अगाडि दिइएको थियो । दरबारियाहरुले त्यो अनौठो फल हेर्न तँछाड मछाड गर्न थाले । एक जना अधिकृत ट्रयाङ्ग क्वीन्ह पनि त्यहीँ थिए । उनले गएर एउटा आरु टिपे र मुखमा राखेर गर्‍याप्प टोके । (बाँकी-भित्र…)

Tell a Friend
आवाज, समाचार र बिचार, साईबर संसारJune 27, 2008 5:48 pm

Anu आफ्नो परम्परा अनी रितिरिवाजलाई बिर्सेंर मोडेल अनी मोर्डन बन्ने नाममा हाम्रा चेलीहरु हदै सम्म नाङ्गिन पनि तयार हुने गर्दछन । बिभिन्न साईटहरु जस्तै साईबरसन्सार, लभ्ली पोखरा, इ-नसा जस्ता साईटबाट आफ्ना यस्ता तस्बिरहरु प्रकाशित गरेर को भन्दा को बढी सेक्सी देखिने भन्ने प्रतिस्पर्दामा लगेको देखिन्छ । (बाँकी-भित्र…)

Tell a Friend